2026-10-31 08:54 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

काठमाडौँमा बिभिन्न देशबाट नेपाल आएका भान्छेहरुको महासंग्राम, अध्यक्षमा अधिकारी (तश्वीरहरु)

काठमाडौँ । विश्वभरिका नेपाली सेफहरूलाई एकीकृत गर्ने उद्देश्यसहित क्रियाशील अन्तर्राष्ट्रिय नेपाली सेफ सोसाइटीको नयाँ केन्द्रीय कार्यसमिति शनिबार चयन गरिएको छ । सन २०२५–२०२७ कार्यकालका लागि गठित ३६ सदस्यीय समितिको अध्यक्षमा अरुण अधिकारी निर्विरोध निर्वाचित भएका छन् ।

भेलामा निर्वाचित कार्यसमितिले नेपाली खानाको अन्तर्राष्ट्रियस्तरमा प्रचार–प्रसार, गुणस्तर अभिवृद्धि तथा नेपाली सेफहरूको पेशागत क्षमता विकासमा संस्थागत रूपमा क्रियाशील हुने प्रतिबद्धता जनाएका छन ।
नवगठित कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा श्याम अम्गाईं, उपाध्यक्षहरूमा सुर्य भण्डारी, साइ कुमार शर्मा, श्याम भण्डारी, महासचिवमा दीपक कार्की, सचिवमा बलराम खतिवडा, सह–सचिवमा राज कुमार गिरि चयन भएका छन । यसैगरी कोषाध्यक्षमा विष्णु खत्री र सह–कोषाध्यक्षमा हरिराज घिमिरे चयन भएका छन ।

यसैगरी सदस्यहरूमा उद्दव श्रेष्ठ, फनिन्द्र पन्त, लक्ष्मण सापकोटा, राम शेन, बरुण सिंह ,लाल बहादुर कौशल, वासुदेव भुसाल, रेशम बहादुर लामा, हुमन लिम्बु, कुमार तिमिल्सिना, ईश्वर पन्त, सुवास थापा, सरोज थापा, शखबिर लामा, कृष्ण हरि सापकोटा, बाबुराम कार्की, दीपक मरासिनी, अमर दीप कार्की, दीपक भुसाल, विनोद सोनी, बिमल कार्की, टेक खनाल, गोविन्द राई, राम कुमार जोशी, प्रकाश बुढाथोकि, वेद प्रसाद अधिकारी चयन भएका छन् । यसैगरी सोसाइटीको प्रवक्तामा युवराज तामाङ चयन भएका छन् ।

शनिबार काठमाडौँको भिर्कुटीमण्डपमा आयोजित कार्यक्रममा प्रमुख अतिथि पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले नवगठित कार्यसमितिका अध्यक्ष अरुण अधिकारीलगाएत सबै पदाधिकारीहरूलाई बधाई ज्ञापन गर्दै सफल कार्यकालको शुभकामना व्यक्त गरे । पर्यटनमन्त्री पाण्डेले बिश्वभर नेपाली स्वाद चखाउन र नेपाली स्वादकै कारण पर्यटक भित्र्याउन सकिने जनाउदै विश्वबाट आएका सेफहरुलाई पर्यटन दुतका रुपमा काम गरेर पर्यटक भित्र्याउन सहयोग गर्न आग्रह गरे । उनले सेफहरुको सम्मेलन सफल भएकोमा आयोजकलाई धन्यवाद ब्यक्त गरे ।

कार्यक्रममा अन्तराष्ट्रिय नेपाली सेफ सोसाइटीका पुर्व केन्द्रिय संयोजक तथा वर्तमान अध्यक्ष अरुण अधिकारीले कार्यक्रममा बोल्दै यस फेस्टिभलले परिकारहरूको मात्र प्रदर्शनी नगरी नेपालको मौलिक स्वाद, रैथाने सम्पदा र सांस्कृतिक पहिचानलाई अन्तर्राष्ट्रियस्तरमा प्रवर्द्धन गर्ने उदेश्य लिएको बताए । अधिकारीले भने ‘नेपाली खानाको स्वाद, विविधता र परम्परा आफैमा अनुपम छन् । यिनलाई विश्वमञ्चमा पुर्‍याउने दायित्व हामी सेफहरूको काँधमा रहेको छ । आधुनिक प्रविधिको उपयोग, गुणस्तरीय सेवा र पेशागत उत्कृष्टताको माध्यमबाट हामीले नेपाली खानालाई अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा स्थापित गर्नुपर्ने आवश्यकता छ । यस अभियानको मूल मर्म भनेकै – “नेपालको खानालाई अन्तर्राष्ट्रिय मान्यता दिलाउनु, आधुनिक प्रविधिसँग सामन्जस्यता राख्दै व्यावसायिक रूपमै यसको विस्तार गर्नु”, र नेपालको आर्थिक, सांस्कृतिक पहिचानलाई विश्वसामु प्रस्टसँग प्रस्तुत गर्नु हो।’

अधिकारीले यस अभियानमा ३६ भन्दा बढी देशहरूमा कार्यरत नेपाली सेफहरूको सक्रिय सहभागिता अत्यन्तै सराहनीय रहेको बताए । अधिकारीका अनुसार एशिया, युरोप, अमेरिका, अफ्रिका र अष्ट्रेलियामा कार्यरत नेपाली सेफहरूको योगदानले यस फेस्टिभललाई अन्तर्राष्ट्रिय स्वरूप प्रदान गरेको बताए ।

कार्यक्रममा नेपाली सेफ सोसाईटिका महासचिव गिरिराज भट्टले स्वागत मन्तव्य राख्दै ऐतिहासिक कार्यक्रममा स्वागत गर्न पाउँदा खुसि व्यक्त गरे । भट्टले नेपाली सेफहरुले बिभिन्न देशबाट नेपालको मौलिक खानाको परिकारको प्रचार प्रसार गरेर नेपाली खानालाई विश्वव्यापी रुपमा चिनाउने बताए । उनले महोत्सव परिकारहरुको प्रदर्शनी मात्र नभइ नेपाली सेफहरुको पहिचान, प्रतिभा, मिहिनेत र सिर्जनशीलताको सजिव दस्तावेज रहेको बताए ।  भट्टले नेपाली पाककलामा स्वाद, विविधता, मौलिकता अद्वितीय भए पनि अन्तरराष्ट्रियस्तरमा स्थापित गर्नु चुनौतीपूर्ण भएको बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “विश्वसामू चिनाउने हाम्रो सपना हो । यसका लागि सबैको समर्पण र सहकार्य आवश्यकता छ ।”

कार्यक्रमको पहिलो सेसनमा नेपाल सरकार, पर्यटन बोर्डका उपाध्यक्ष कमल सापकोटाको प्रमुख आथिथ्यता रहेको थियो । सापकोटाले ३३ भन्दा बढी देशबाट नेपाल आएर सेफहरुले गरेको ऐतिहासिक कार्यक्रमको खुलेर प्रसंशा गरे ।

त्यस्तै कार्यक्रममा अन्तराष्ट्रिय नेपाली सेफ सोसाइटीको आफ्नै संस्थागत गित समेत लोकार्पण भएको छ । उक्त गीतमा नेपाली मौलिक खानाको पहिचान र पर्वर्दनका विषय समेटिएका छन् ।

कार्यक्रममा विशिष्ट अतिथि पर्यटन व्यवसायी कर्ण साक्यले नेपाली सेफहरुको नवीनतम आयामको खुलेर स्वागत गर्दै हरेक नेपालीले सकारात्मक सोच राखेर काम गर्न सके देशले छिट्टै कोल्टे फेर्ने बताए । साक्यले नेपालको मौलिक खानालाई विश्वमा परिचित गराउन हरेक सेफहरुले आ – आफ्नो ठाउँबाट सकारात्मक प्रयास गर्नुपर्ने बताए ।

कार्यक्रममा गत वैशाख ४ गते, ललितपुरस्थित Academy of Culinary Arts मा आयोजना भएको इन्टर कलेज कुकिङ कम्पिटिसनको बिजेताहरुलाई क्रमश १ लाख ७५ हजार र ५० हजारको दरले पुरस्कार सहित मेडल र प्रमाणपत्र वितरण गरेको छ । गत बिहिबार सम्पन्न आँटकलेज कुकीङ प्रतिस्पर्धामा सहभागी १३ कलेजका विद्यार्थीहरूले उत्कृष्ट नेपाली खानाहरुको परिकार पस्किएका थिए । उनीहरु मध्ये उत्कृष्टहरुको घोषणा इन्डोनेसीयाबाट आएका सेफ जज अतिम स्वेतिमले गरे ।

उक्त प्रतिष्पर्धाबाट एकेडेमी अफ कुलेनरी आर्ट्स एण्ड हस्पिटालिटि म्यानेजमेन्ट प्रथम भएको छ । त्यस्तै स्टार सेफ हस्पिटालिटि प्रालि दोश्रो भएको छ । त्यस्तै हिमालय व्हाइट हाउस इन्टरनेशनल कलेज तेश्रो बिजेता बनेको छ । बिजेताहरुले क्रमश १ लाख ७५ हजार र ५० हजारको दरले पुरस्कार सहित मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् ।

कार्यक्रममा पर्यटन व्यवसायी, पत्रकार, कलाकारहरु र सेफहरुलाई सम्मान गरिएको थियो । सोसाइटीकै आयोजनामा एकातर्फ औपचारिक तथा संस्कृतिक झाँकी सहितको कार्यक्रम हुँदै गर्दा सोहि स्थानमा भब्य रुपमा फुड फेस्टिबल सम्पन्न गरिएको छ । महोत्सवमा ५० वटा स्टल, (४० वटा खानाका ५ वटा रैथाने बाली नालीको प्रदर्शन, पाँच वटा पर्यटन जानकारी) रहेको थियो । खानाका स्टलमा विभिन्न जात जातिको पहिचान झल्कने खाना (नेवारी, थारु, राई लिम्बु, थकाली, आदि)को परिकारहरु राखिएको थियो ।

खाना महोत्सवले परम्परागत, रैथाने स्वादसँग आधुनिक परिकारको प्रर्दशनी र नेपालभित्रको पाककलाको सम्भावनाको उज्यालो चित्र प्रस्तुत गर्ने प्रयास गरेको छ ।

कार्यक्रममा चर्चित कलाकारहरूले आ आफ्नो प्रस्तुती दिएका थिए । कार्यक्रममा नेपाली मौलिक राष्ट्रिय संगीतकर्मी संघ, रसुवा कार्यसमितिको तर्फबाट स्याप्रु नाच, हिमालय सेर्पा सांस्कृतिक केन्द्र, काठमाडौंको तर्फबाट सेर्पा समुदायको मौलिक टूङना वादन र नेपाल मगर संघ, रामेछाप–काठमाडौं सम्पर्क समितिको तर्फबाट मगर संस्कृतिक नाच सहितको झाँकी पर्दर्शन भएको थियो । सोहि कार्यक्रममाकलाकार्रहरु रामजी खांड, गायक विश्वराम कार्की, गायिका सुमन थापा मगर, डान्सर तथा मोडल नविन गौतम, गायक सुमन बि.टि, गायिका कविता खत्री, गायिका फुट्टी शेर्पा, गायक निहार बुढाथोकी र गायक अमित बरालले आ-आफ्नो प्रस्तुति दिएका थिए ।

कार्यक्रमको समापन गर्दै नेपाली सेफ सोसाइटीका नेपाल च्याप्टर अध्यक्ष एलबि कौशलले सम्पूर्ण सहयोगी संस्था, व्यक्तित्व र सेफ साथिहरुलाई धन्यवाद दिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पत्रकारमाथिको धरपकड छानबिन गरी दोषीलाई कारबाही गर्न रास्वपाको माग संविधान र लोकतन्त्रभन्दा माथि कोही छैन : रवि लामिछाने वर्षाका कारण एनपीएलमा सुदूरपश्चिम–विराटनगर खेलमा ढिलाइ वर्षा रोकिएसँगै देशभर मौसममा सुधार, काठमाडौँमा घाम लाग्यो कुलेखानी ड्यामका ढोका खोल्नुपर्ने जोखिम, भीमफेदी–कुलेखानी सडक १२ घण्टा बन्द बारामा अस्पताल उद्घाटन विवाद चर्कियो, प्रहरीको गोली लागेर १४ वर्षीय बालक घाइते बाढीपहिरोले पृथ्वीराजमार्गसहित १२ भन्दा बढी सडकखण्ड अवरुद्ध वर्षाका कारण एनपीएलमा लुम्बिनी–चितवनको खेल रद्द, दुवैलाई १ अंक कुलेखानी जलाशयको सतह बढ्दै, सतर्क रहन आग्रह डोल्पा कारागारबाट सुरुङ खनेर आठ कैदीबन्दी फरार नेपाली गेमिङ उद्योगलाई विश्व बजारमा पुर्‍याउने प्रधानमन्त्री बालेनको योजना रास्वपा सभापति रवि लामिछानेले बोलाए सचिवालय बैठक लगातार वर्षाले एनपीएल प्रभावित हुने सम्भावना विपद् जोखिम न्यूनीकरणमा सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण : आईजीपी कार्की अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, अपराह्नपछि मौसममा सुधार आउने सार्वजनिक खरिदमा लापरबाही गर्ने १२० फर्म तथा कम्पनी कालोसूचीमा कान्ति राजमार्गमा दुई दिन राति सवारी आवागमन बन्द चक्रवात ‘अर्नब’को प्रभाव : काठमाडौँ उपत्यकामा दिनभर वर्षा, जनजीवन प्रभावित नयाँ प्रणालीबाट साढे दुई लाख राहदानी छपाइ प्रधानमन्त्रीको भारत भ्रमणको मिति तय भएको छैन: परराष्ट्र मन्त्रालय