पहिलो पटक टि-२० विश्वकप च्याम्पियन बन्दै अस्ट्रेलियाले पायो १.६ मिलियन डलर पुरस्कार

Posted on: 14 Nov, 2021

कात्तिक २८, काठमाडौँ | अष्ट्रेलियाले पहिलो पटक आइसिसी टि२० विश्वकपको उपाधि जितेको छ । टि२० विश्वकप २०२१ को फाइनलमा न्युजिल्यान्डलाई ८ विकेटले हराउँदै अस्ट्रेलियाले उपाधि उचालेको हो ।


न्युजिल्याण्डले दिएको १ सय ७३ रनको लक्ष्य पछ्याएको अष्ट्रेलियाले १८.५ ओभरमा २ विकेट गुमाएर पूरा गर्यो । अष्ट्रेलिया जितमा मिचेल मार्श ५० बलमा ६ चौका र ४ छक्का सहित सर्वाधिक ७७ रनमा अविजित रहे । अर्का ओपनर डेविड वार्नरले ३८ बलमा ४ चौका र ३ छक्का सहित ५३ रनमा बोल्ड आउट भए । ग्लेन म्याक्सवेल १८ बलमा ४ चौका र १ छक्का सहित २८ रनमा अविजित रहे । न्युजिल्यान्डका लागि बलर ट्रेन्ट बोल्टले ४ ओभरमा १८ रन खर्चेर २ विकेट लिएका थिए ।

त्यसअघि दुबई इन्टरनेशनल क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङ थालेको न्युजिल्यान्डले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १ सय ७२ रन बनाएको थियो । न्युजिल्यान्डका कप्तान केन विलियम्सनले ४८ बलमा १० चौका र ३ छक्का सहित सर्वाधिक ८५ रनको योगदान दिएका थिए । 


अष्ट्रेलियाका लागि जोश हेजलवुडले ४ ओभरमा १६ रन खर्चेर ३ विकेट लिए । त्यस्तै स्पिनर एडम जाम्पाले १ विकेट लिए । 

टि-२० विश्व बिजेता बनेसँगै अष्ट्रेलियाले १.६ मिलियन डलर पुरस्कार पाउने छ । त्यस्तै उप विजेता टोली न्युजिल्यान्डले ८ लाख डलर प्राप्त गर्ने भएको छ । त्यस्तै सेमिफाइनलमा पराजित हुने इंग्ल्यान्ड र पाकिस्तानले ४-४ लाख डलर प्राप्त गर्नेछन् । अष्ट्रेलियाले यसअघि दुई च्याम्पियन्स ट्रफी र पाँच विश्वकप उपाधि जितेको छ । अष्ट्रेलियाले १८८७, १९९९, २००३, २००७ र २०१५ मा एकदिवसिय विश्वकप उपाधि जितेको थियो । २००६ र २००९ को च्याम्पियन्स ट्रफी उपाधि जितेको थियो । २०१० मा को टि२० विश्वकप फाइनलमा अष्ट्रेलिया इंग्ल्यान्डसँग ७ विकेटले पराजित भएको थियो । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!