धोनीले चेन्नई सुपरकिंग्सको कप्तानी छाडे,जडेजा नयाँ कप्तान

Posted on: 24 Mar, 2022

चैत १०, काठमाडौँ । रवीन्द्र जडेजाले आइपिएल २०२२ मा चेन्नई सुपरकिंग्सको कप्तानी गर्ने भएका छन्। महेन्द्रसिंह धोनीले कप्तानी छाडेपछि जडेजालाई नयाँ कप्तान बनाइएको हो।

यसअघि धोनीले सन् २००८ देखि चेन्नईको कप्तानी गर्दै आएका थिए। उनले आफूले कप्तानी त्याग गर्ने बिहीबार घोषणा गरेका हुन्।

चेन्नईले धोनीले सिजनमा भने खेल्ने बताएको छ। धोनीले नेतृत्व हस्तान्तरण गर्न चाहेको पनि चेन्नईको भनाइ छ।

धोनीको कप्तानीमा चेन्नईले गत वर्ष चौथो पटक आइपिएलको उपाधि जितेको थियो।

सिजनको आइपिएलमा चेन्नईले आगामी शनिबार पहिलो खेल खेल्दैछ। पहिलो खेलमा चेन्नईले कोलकता नाइटराइडर्ससँग प्रतिस्पर्धा गर्नेछ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!