आइपिएल: मुम्बईमाथि दिल्लीको सानदार जित

Posted on: 27 Mar, 2022

चैत १३, काठमाडौं । इन्डियन प्रिमियर लिग (आइपीएल) अन्तर्गत आइतबार भएको पहिलो खेलमा दिल्ली क्यापिटल्सले मुम्बई इन्डिन्सलाई ४ विकेटले पराजित गरेको छ । 

घरेलु रंगशालामा टस हारेर ब्याटिङको निम्तो पाएको मुम्बईले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १७७ रनको योगफल तयार गरेको थियो ।

दोस्रो इनिङमा ब्याटिङमा उत्रिएको दिल्लीले १८ ओभर २ बलमा ६ विकेट गुमाएर लक्ष्य पूरा गर्‍यो । 


दिल्लीको जितमा ललित यादव र अक्षर पटेलले ७५ रनको महत्त्वपूर्ण साझेदारी गरे । दिल्लीका लागि ३८ बल सामना गरेका ललितले ४ चौका र २ छक्का प्रहार गर्दै अविजित ४८ रन जोडेका थिए ।

अक्षर पटेलले १७ बलमा २ चौका र ३ छक्कासहित अविजित ३८ रनको आक्रामक इनिङ खेले । त्यसअघि पृथ्वी सह ३८, टिम सेफर्ट २१ र शार्दूल ठाकुर २२ रन बनाएर पेभेलियन फर्केका थिए । 

मुम्बईका लागि बसिल ताम्पीले ३, मुरुगान आस्विनले २ र टाइमाल मिल्सले १ विकेट लिए ।

पहिलो इनिङमा ब्याटिङ गरेको मुम्बईका लागि ईशान किशनले ४८ बलमा ११ चौका र २ छक्कासहित ८१ रनको अविजित इनिङ खेलेका थिए । 


त्यसअघि कप्तान रोहित शर्माले ४१ रन बनाएर बाहिरिएका थिए । दिल्लीका लागि खलिल अहमदले २ तथा कुलदिप यादवले ३ विकेट लिएका थिए ।

आइतबार हुने दोस्रो खेलमा रोयल च्यालेन्जर्स बेङ्गलोर र पन्जाब किङ्ग्स खेल्दै छन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!