मुम्बईको खराब प्रदर्शन, बेंगलोरको तेस्रो जित

Posted on: 10 Apr, 2022

चैत २७, काठमाडौं । मुम्बई इन्डियन्समाथि ७ विकेटको जित निकाल्दै रोयल च्यालेन्जर्स बेंगलोरले इन्डियन प्रिमियर लिग (आइपीएल) मा लगातार तेस्रो जित निकालेको छ ।

मुम्बईले भने लगातार चौथो हार बेहोरेको छ ।


जितका लागि पाएको १५२ रनको लक्ष्य बेंगलोरले १८ ओभर ३ बलमा ३ विकेट गुमाउँदै पूरा गर्‍याे । बेंगलोरको जितका ओपनर अनुज रावतले सर्वाधिक ६६ रन बनाए । यस्तै विराट कोहलीले ४८ रनको योगदान गरे ।

यसअघि पुनेमा टस हारेर पहिले ब्याटिङ गरेको  मुम्बईले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १५१ रनको योगफल तयार पारेकाे थियाे ।

मुम्बईका सूर्य कुमार यादवले  सर्वाधिक ६८ रन बनाए । यस्तै ओपनर  ईशान किशन र रोहित शर्मा समान २६ रन बनाए । बेंगलोरका हर्षल पटेल र  वानिन्दु हसरंगाले समान  २ विकेट लिए ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!