मुम्बईको खराब प्रदर्शन निरन्तर, इतिहासकै खराब स्थितिमा

Posted on: 16 Apr, 2022

वैशाख ३, काठमाडौं । मुम्बई इन्डियन्सले इन्डियन प्रिमियर लिग (आइपीएल) २०२२ मा लगातार छैटौं हार बेहोरेको छ ।

शुक्रबार मुम्बईमा भएको खेलमा नव प्रवेशी लखनउसँग पराजित हुँदा पाँचौँ पटकको आईपीएल च्याम्पियन मुम्बई इतिहासकै खराब स्थितिमा रहेको छ ।


२०२ रनको विशाल विजयी लक्ष्य पाएको मुम्बईले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै मात्र १८१ रन  बनाउन सक्यो ।

मुम्बईका सूर्य कुमार यादवले सर्वाधिक ३७ रन बनाए । लखनउका आवेश खानले  ३ विकेट लिए ।

यसअघि  टस हारेर ब्याटिङ गरेको लखनउले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १९९ रन बनायो ।


लखनउका कप्तान लोकेश राहुलले विस्फोटक ब्याटिङ गर्दै ६० बलमा  १०३ रन बनाए ।  यस्तै  मनिष पाण्डेले ३८ रन बनाए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!