एपिएफलाई हराउँदै विवाइसी महिला गोल्डकपको उपाधि पुलिसलाई

Posted on: 24 Apr, 2022

वैशाख ११, काठमाडौं । विभागीय टोली नेपाल पुलिस क्लबले सशस्त्र प्रहरी बलको एपिएफ महिला फुटबल क्लबको दबदबा तोड्दै प्रथम राष्ट्रिय मुख्यमन्त्री विवाइसी महिला गोल्डकप प्रतियोगिताको उपाधि जितेको छ ।

शनिबार राति धनगढीमा सम्पन्न फाइनलमा अर्को विभागीय टोली एपिएफलाई १–० ले पराजित गर्दै पुलिसले उपाधि चुमेको हो ।

पुलिसको जितमा निर्मला विकले इन्जुरी समयमा निर्णायक गोल गरिन् । निर्धारित ९० मिनेट पछि थपिएको पाँच मिनेट अन्तिम समयमा निर्मलाले सिक्स यार्ड बक्सबाट सहज गोल गरेकी थिइन् । 

उपाधिसँगै पुलिसले पाँच लाख रुपैयाँ पुरस्कार प्राप्त गरेको छ । यस्तै, उपविजेतामा सीमित एपिएफले दुई लाख ५० हजार रुपैयाँमा चित्त बुझायो ।

वैशाख १० गतेदेखि सुरु भएको प्रतियोगितामा तीन विभागीयसहित कुल आठ टोलीको सहभागिता थियो ।

राष्ट्रिय महिला लिगको पहिलो चरणपछी धनगढीमा महिला गोल्डकप आयोजना भएको हो  । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!