राष्ट्रिय फुटबल टोलीका सदस्य विकेशले टिमको प्रशिक्षणमा सहभागिता नजनाउने

Posted on: 30 Apr, 2022

 वैशाख १७, काठमाडौं | नेपाली राष्ट्रिय फुटबल टोलीका सदस्य विकेश कुथुले  शुक्रबार सामाजिक सञ्जालमार्फत आफू पीडित खेलाडीहरुको पक्षमा रहेको बताउँदै राष्ट्रिय टोलीको प्रशिक्षणमा सहभागी नहुने जनाएका छन् ।

यसअघि ११ खेलाडीले स्पष्टीकरण दिन गरिएको पत्रकार सम्मेलनमा सहभागिता जनाएका कुथुले आफू फिट हुँदा हुँदै मिडियामा बोलेको आधारमा टिमबाट निकालेको बताउदै  खेलाडीको पक्षमा उभिने जनाए ।

'हाल राष्ट्रिय टोलिमा भएको घटनाक्रम मलाई पूर्ण रुपमा अवगत भएको र खेलाडी साथीहरुमा पर्न गएको मर्का मैले बुझेको छु । साथै विगतमा म पूर्ण रुपमा फिट हुँदाहुँदै पनि मलाई मिडियामा बोलेको भनेर आरोप लगाउँदै राष्ट्रिय टिमबाट अलग गरिएको घटना यथावत नै छ । तसर्थ म मेरो राष्ट्र र राष्ट्रिय टिमको सम्मान गर्दै यसपटक राष्ट्रका लागि सदा डटिरहने खेलाडी साथिहरुको जायज माग प्रति समर्थन जनाउँदै राष्ट्रिय टिमको प्रशिक्षणमा सहभागी हुन असमर्थ रहेको जानकारी गराउँदछु । म र हामीभन्दा माथि हाम्रो राष्ट्र,' विकेशले सामाजिक सञ्जालमा लेखेका छन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!