नेपालको प्रशिक्षक : अल्मुताइरीसँग किन डराउँछ एन्फा ?

Posted on: 06 May, 2022

वैशाख २३, काठमाडौँ | नेपाली फुटबल टोलीले पहिलोपटक पाएको प्रो–लाइसेन्सप्राप्त प्रशिक्षक हुन् अब्दुल्लाह अल्मुताइरी । कतार फुटबल एसोशिएसनले एक वर्षका लागि अल्मुताइरीलाई प्रशिक्षकको रूपमा पठाएको हो ।​ अल्मुताइरीले कतार फुटबल एसोसिएसनबाट मासिक तलब खान्छन् । उनलाई अखिल नेपाल फुटबल संघ (एन्फा)ले यहाँ बस्ने र खाने सुविधाको मात्र व्यवस्था गरेको छ ।

एक वर्षका लागि आएका अल्मुताइरीको नेपाल बसाइ तीन वर्ष हुने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा)का अध्यक्ष कर्मा छिरिङ शेर्पाको पहलमा उनी नेपाल थप दुई वर्ष बस्ने भएका हुन् ।​ अल्मुताइरी नेपाल आएको धेरै समय भएको छैन । तर, विभिन्न कारणले उनको चर्चा भइरहेको छ । नेपालले विश्वकप छनोटअघि इराकविरुद्ध गरेको प्रदर्शनमा उनलाई राम्रो श्रेय गयो । त्यसपछि नेपाली टोलीले साफ च्याम्पियनसिपको फाइनलमा स्थान बनाउँदा पनि उनी नेपाली समर्थकको नजरमा परे ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!