नेपाली फुटबल प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी डिस्चार्च, होटल फर्कने तयारी

Posted on: 12 Jun, 2022

जेठ २९, कुवेत सिटी | टेक्निकल एरियामा अचेत भई ढलेका नेपाली फुटबल प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी डिस्चार्च भएका छन् । शनिबार राति नै अस्पतालले डिस्चार्च गरेपछि उनी आफ्नो घर पुगेका थिए । 

राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक अल्मुताइरी आज नेपाल फर्कदै « News24 :  Premium News Channel

अस्पतालले सुरुमा एक दिन अस्पतालमै बस्नुपर्ने बताए पनि राति नै डिस्चार्च गरेको हो । यसपछि उनी आफ्नो घर पुगेका थिए । अब भने उनी टिम रहेको होटल फर्कने छन् । 

शनिबार कुवेतविरुद्ध नेपाल खेल्दै गर्दा ४८ मिनेटमा अब्दुल्लाह टेक्निलक एरियामा ढलेका थिए । पछिल्लो समय अब्दुल्लाहमा मुटुको समस्या देखिएकाे छ । प्रतियोगितापछि अब्दुल्लाह गृहनगर कुवेतमै रहेर उपचार गर्ने तयारीमा थिए । 

एएफसी एसिया कप २०२३ छनोटको लागि यतिबेला कुवेतमा रहेको नेपाली टिमले लगातार दोस्रो खेलमा हार बेहोर्दै प्रतियोगिताबाट बाहिरिसकेको छ । अन्तिम खेलमा नेपालले ३१ गते इन्डोनेसियासँग खेल्नेछ ।  

यस बिषयमा तपाइको प्रतिक्रिया...!