रियल मड्रिडले गर्‍याे मार्सेलोको बिदाइ

Posted on: 14 Jun, 2022

जेठ ३१, काठमाडौं | स्पेनिस महारथि क्लब रियल मड्रिडले डिफेन्डर मार्सेलोको भव्य बिदाइ गरेको छ । सोमबार क्लबले सान्टियागो वर्नावेउमा कप्तानसमेत रहेका ब्राजिलियन स्टार खेलाडी मार्सेलोको बिदाई गरेको हो । 

३४ वर्षीय लेफ्ट ब्याक मार्सेलो १५ वर्ष रियलमा बिताएका थिए । मार्सेलो सन् २००७ मा रियल आएका थिए । त्यसयता उनले २५ उपाधि जितेका छन् । जसमा पाँच च्याप्पियन्स लिग रहेको छ । 

मड्रिडमा मार्सेलोले ५४५ खेल खेल्दा ३८ गोलसहित १०३ खेलमा सहयाेग गरेका छन् । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!