आयरल्यान्डविरुद्ध भारत विजयी

Posted on: 27 Jun, 2022

असार १३, काठमाडौँ | घरेलु टोली आयरल्यान्ड पहिलो टी-२० खेलमा भारतसँग सात विकेटले पराजित भएको छ ।

वर्षाले १२ ओभरमा छोट्याइएको खेलमा जितसँगै भारतले दुई खेलको शृंखलामा १-० को अग्रता बनाएको छ । १०९ रनको विजयी लक्ष्य पछ्याएको भारतले नौ ओभर तीन बलमा तीन विकेट गुमाउँदै पूरा ग-यो।


भारतका दिपक हुडाले सर्वाधिक ४७ रन बनाए । यस्तै, कप्तान हार्दिक पान्ड्याले २४ रनको योगदान गरे । आयरल्यान्डका क्रेग योंगले दुई विकेट लिए ।

यसअघि टस हारेर ब्याटिङ गरेको आयरल्यान्डले निर्धारित १२ ओभरमा चार विकेट गुमाउँदै १०८ रन बनाएको थियो । आयरल्यान्डका युवा ब्याटर ह्यारी टेक्टरले सर्वाधिक ६४ रन बनाए । भारतका स्पिनर युजभेन्द्र चहल एक विकेट लिए । अब,  दोस्रो तथा अन्तिम खेल मंगलबार हुनेछ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!