यू-२० एसिया कप : नेपालले आज बंगलादेशको सामना गर्दै

Posted on: 18 Sep, 2022

असोज २, काठमाडौं | बहराइनमा जारी एएफसी यू-२० एसियन कप छनोटमा नेपालले आज बंगलादेशको सामना गर्नेछ । 

शेख अलि बिन मोहमद अल खालिफा स्टेडियममा  नेपाल र बंगलादेशबीचको खेल नेपाली समय अनुसार राति ८:४५ बजे सुरु हुनेछ । लगातार तीन खेलमा हार व्यहोरेको नेपाल आज पहिलो जितको खोजीमा हुनेछ । 

समूह 'बी' मा रहेको नेपाल अंक विहीन रहदै समूहको पुछारमा रहेको छ । नेपाल प्रतियोगिताबाट बाहिरिइसकेको छ ।  तर, नेपाल अन्तिम खेलमा जित निकाल्दै प्रतियोगिताको सुखद अन्त्य गर्न चाहन्छ  ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!