बुद्धिचाल प्रतियोगिता गोरखामा सुरु

Posted on: 14 Oct, 2022

असोज २८, काठमाडौं | नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत बुद्धिचाल प्रतियोगिता गोरखामा सुरु भएको छ । युवा तथा खेलकुद मन्त्रालय तथा राष्ट्रिय खेलकुद परिषद्को आयोजना र गण्डकी प्रदेशको सहआयोजनामा बिहीबारबाट गोरखा क्याम्पसमा प्रतियोगिता सुरु भएको हो ।


सात प्रदेश, एनआरएनए, नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना गरी ११ टिमबाट तीन पुरुष र तीन महिलाले प्रतियोगितामा सहभागिता जनाएका छन् । ६ स्पर्धाको खेल हुने खेलमा  १८ पदकको टुंगाे लाग्नेछ । जसमा  क्लासिकल, रेपिड र ब्लीट्ज स्पर्धाका खेलहरू सञ्चालन हुने छन् ।

गोरखा क्याम्पसमा बिहीबारबाट सुरु भएको बुद्धिचाल प्रतियोगिता २ कात्तिकसम्म सञ्चालन हुने छ । पहिलो दिन भएको क्लासिकल तर्फको खेलमा प्राय: शीर्ष खेलाडीहरूले जित हात पारे । 

खुलातर्फ फिडे मास्टर रूपेश जयसवाल र क्षितिज भण्डारीले जित हात पारे । पहिलोतर्फ पनि डब्लु एफएम सुजना लोहनीले जित हात पारे । रूपेशले लेखबहादुर थापा तथा क्षितिजले विश्वविजय घिमिरेलाई हराए । यसैगरी सुजनाले मार्सल तामाङलाई हराइन् । प्रतियोगिताको बलियो खेलाडी मानिएका आर्मीका मिलन लामा प्रदेश-२ का मनोज विकेसँग बराबरीमा रोकिए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!