आईसीसी टी–ट्वान्टी विश्वकप सुपर १२ मा पाकिस्तान र भारत प्रतिस्पर्धा, भारतले पहिले बलिङ गर्दै

Posted on: 23 Oct, 2022

कात्तिक ६, काठमाडौँ | आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेट अन्तर्गत सुपर १२ को आफ्नो पहिलो खेलमा पाकिस्तान र भारत प्रतिस्पर्धा गर्दैछन् ।  मेलबर्न क्रिकेट मैदानमा भारतका कप्तान रोहित शर्माले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेका छन् । 

पाकिस्तानले भारतविरुद्ध केही बेरमा ब्याटिङ थाल्नेछ ।

आजको खेलमा जित निकाल्दै दुबै टोली प्रतियोगिताको सुखद सुरुवात गर्ने योजनामा छन् ।  भारत र पाकिस्तान बीचको पछिल्लो दुई खेलमा एक–एक जित निकालेका छन् ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!