च्याम्पियन्स लिग: सेल्टिकमाथि रियलको फराकिलो जित

Posted on: 03 Nov, 2022

कात्तिक १७, काठमाडौँ | च्याम्पियन्स लिग फुटबलमा स्पेनिस क्लब रियल म्याड्रिडले स्कटिस क्लब सेल्टिकमाथि ५-१ को रोमान्चक जित हासिल गरेको छ |  

बुधबार राति भएको समूह चरणको अन्तिम खेलमा  रियललाई  घरेलु मैदानमा फराकिलो जित दिलाउन लुका मोड्रिच, रोड्रिगो, मार्काे एसेन्सियो, भिनिसियस जुनियर र फेडे भाल्भेर्डेले गोल गरे । उता सेल्टिकका लागि जोटाले एक गोल फर्काए । पहिलो हाफमा दुई पेनाल्टी गोल पाएको रियलले दोस्रो हाफमा थप दुई गोल गरेको हो ।


जितसँगै रियल ६ खेलबाट १३ अंक जोड्दै आफूलाई समूह एफको विजेता हुँदै अन्तिम १६ मा पुगेको छ । यसअघि नै समूह चरणबाट बाहिरिएको सेल्टिकले २ अंक जोडेर समूहको पुछारमा हुँदै सिजनको अन्त्य गर्यो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!