विश्वकप फुटबल अपडेट: जापानविरुद्ध कोस्टारिकाको सानदार जित

Posted on: 27 Nov, 2022

मङ्सिर ११, काठमाडौँ | कतारमा चलिरहेको विश्वकप फूटबल प्रतियोगिताअन्तर्गत आइतवार सम्पन्न खेलमा कोस्टारिकाले जापानलाई १–० गोलले पराजित गरेको छ | 

समूह ई अन्तरगतको खेलमा कोस्टारिकाका लागि केशर फुलरले ८१औं मिनेटमा निर्णायक गोल गरे । 

पहिलो खेलमा स्पेनसँग हारेको कोस्टारिकाले दोस्रो खेलमा उत्कृष्ट पुनरागमन गरेको छ |


अघिल्लो खेलमा जर्मनीलाई हराएर उच्च मनोबल बनाएको जापानले आज त्यही लयमा खेल्न सकेन ।  

 यो नतिजासँगै समूह ई रोचक मोडमा पुगेको छ । दुई खेलपछि जापान र कोस्टारिकाको समान ३ अंक रहेको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!