विश्वकप फुटबल: आज प्रि-क्वाटरफाइनलका अन्तिम दुई खेल हुँदै, समयतालिका सहित

Posted on: 06 Dec, 2022

मङ्सिर २०, काठमाडौँ | कतार विश्वकप फुटबलको प्रि–क्वाटरफाइनलका आज अन्तिम दुई खेल हुँदैछन् । आज हुने पहिलो खेलमा मोरोक्कोले स्पेनसँग प्रतिस्पर्धा गर्ने भएको छ । मोरोक्को र स्पेनबीचको खेल नेपाली समय अनुसार राति ८ः४५ मा सुरु हुनेछ । 

आजको खेलमा जित निकाल्दै उपाधि दाबेदार मानिएको स्पेन प्रतियोगितामा आफूलाई बलियो बनाउने योजनामा छ । यस्तै मोरक्कोको पनि आजको खेलमा जित निकाल्दै क्वाटरफाइनलमा प्रवेश गर्ने योजनामा छ ।

आज हुने दोस्रो खेलमा उपाधि दाबेदार टोली पोर्चुगलले स्वीजरल्यान्डसँग खेल्नेछ । यी दुई टोलीबीचको खेल नेपाली समयअुनसार राति १२ः४५ मा सुरु हुनेछ । 

आजको खेलमा जित निकाल्दै क्रिस्टियानो रोनाल्डो नेतृत्वको पोर्चुगल प्रतियोगिताको क्वाटरफाइनलमा पुग्ने योजनामा छ भने स्वीजरल्यान्डको  पनि आजको खेलमा जित निकाल्दै क्वाटरफाइनलमा प्रवेश गर्ने योजनामा छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!