भिल्लाविरुद्ध लिभरपुलको सहज जित

Posted on: 27 Dec, 2022

पुस १२, काठमाडौँ | इङ्ग्लिस प्रिमियर लिग अन्तर्गतको खेलमा लिभरपुलले सहज जित निकालेको छ । भिल्लापार्कमा भएको खेलमा एकपक्षिय दबाब बनाएको लिभरपुलले घरेलु टोली एस्टन भिल्लालाई ३–१ अन्तरले हरायो ।


लिभरपुलको जितमा पाँचौ मिनेटमै मोहम्मद सलाहले पहिलो गोल गरे । सलाहकै पासमा भर्जिल भान डाइकले ३७ औं मिनेटमा २–० को अग्रता बनाए । ५९ औं मिनेटमा ओलिइ वाट्किन्सले गोल गर्दै एस्टन भिल्लालाई २–१ को अवस्थामा झारेका थिए । तर, स्टेभन बाजसेटिकले ८१औं मिनेटमा गोल गरेपछि  लिभरपुलले ३-१ को अग्रता सहित सहज जित निकालेका छन् |

जितसँगै लिभरपुल १५ खेलबाट २५ अंक जोड्दै छैटौं स्थानमा उक्लिएको छ । भिल्ला १६ खेलबाट १८ अंकसहित १२ औं स्थानमा छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!