बर्नेमाउथविरुद्ध म्यानचेस्टर युनाइटेडको सहज जित

Posted on: 04 Jan, 2023

पुस २०, काठमाडौँ | इङ्गलिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाइटेडले बर्नेमाउथमाथि सहज जित निकालेको छ । मंगलबार राति भएको खेलमा युनाइटेडले बर्नेमाउथलाई ३–० गोल पराजित गरेको हो । घरेलु मैदानमा भएको खेलमा युनाइटेडलाई जित दिलाउन कासिमिरो, लुक श र मार्कुस राषफोर्डले एक एक गोल गरे । कासिमिरोले खेलको २३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अग्रता दिलाएका थिए ।


खेलको ४९ औं मिनेटमा लुक शले गोल गर्दै युनाइटेडको अग्रता दोब्बर बनाए । राषफोर्डले खेलको ८६ औं मिनेटमा गोल गर्दै युनाईटेडलाई ३–० को जित दिलाए । जितसँगै युनाईटेडले १७ खेलमा ३४ अंक जोडेर युनाइटेड चौंथो स्थानमा छ । पराजित बर्नेमाउथ १८ खेलमा १६ अंक जोडेर तालिकाको १५ औं स्थानमा छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!