आर्सनललाई १-० ले हराउँदै सिटी एफए कपको पाँचौँ चरणमा प्रवेश

Posted on: 28 Jan, 2023

माघ १४, काठमाडौँ | प्रिमियर लिगको शीर्ष स्थानमा रहेको आर्सनललाई हराउँदै म्यानचेस्टर सिटी एफए कपको पाँचौँ चरणमा प्रवेश गरेको छ । शुक्रबार राति भएको खेलमा सिटीले आर्सनललाई १-० ले पराजित गर्दै पाँचौँ चरणमा स्थान पक्का गरेको हो |

सिटीको जीतमा नाथान एकेले गरेको एकमात्र गोल निर्णायक बन्यो । खेलको ६४ औँ मिनेटमा एकेले ज्याक ग्रिलिसको पासमा गोल गरेका हुन् ।


आर्सनलले पहिलो हाफमा गोल गर्ने थुप्रै अवसर पाएको थियो । तर, सिटीका गोलकिपर स्टेफन ओर्टेगाले आर्सनलको प्रयास विफल बनाएका थिए । 

प्रिमियर लिगमा सिटीभन्दा ५ अंक बढी जोडेर आर्सनल शीर्ष स्थानमा छ । आर्सनलको १९ खेलबाट ५० अंक छ भने सिटीले २० खेलबाट ४५ अंक जोडेको छ । लिगमा अब यी दुई टोली फेब्रुअरी १५ मा आमनेसामने भिड्नेछन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!