गुगलमा 'मुर्ख' सर्च गर्नुस् ट्रम्प भेटिन्छन्, 'मुर्ख प्रधानमन्त्री' सर्च गर्नुस् मोदी भेटिन्छन्

Posted on: 28 Jan, 2019

काठमाडौँ | हामी धेरै कुरा गुगलमा भेट्छौं । गुगलमा खोजिने धेरै कुराको कारण मानिसलाई अनलाइनमा आफुले खोजेका कुरा भेट्न निकै सहयोगी बन्ने गरेको छ । त्यसैले गुगल सर्च इन्जिन विश्वकै प्रख्यात सर्च इन्जिन बन्न सफल भएको छ । 

केहि बर्ष अघि एउटा बिषयले भारतमा निकै चर्चा पायो, कुरा थियो गुगल सर्च इन्जिनमा 'World Stupid Prime Minister' टाईप गरेर सर्च गर्दा भारतीय प्रधानमन्त्री मोदीको तश्वीरहरु भेटिन्थे । यही कुरालाई भारतले गुगललाई ध्यानाकर्शन समेत गराएको थियो तर आजसम्म पनि कसैले गुगलमा 'World Stupid Prime Minister' वा 'Idiot Prime Minister' टाईप गरेर सर्च गर्यो भने मोदीको तश्वीर भेटिन्छ । 


भारतीय प्रधानमन्त्री मोदी मात्र होइन, अहिले पनि गुगलमा 'idiot' सर्च गर्दा अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पका तश्वीरहरु खुल्छन् । यस बिषयमा अमेरिकाका सांसदहरु समेत गुगलसँग आक्रोशित बनेका थिए । यही बिषयलाई लिएर अमेरिकी सांसद बैठकमा अधिकारीहरुले गुगलसँग स्पष्टीकरण समेत लिईसकेको छ तर गुगलका सीईओले त्यस्तो हुनुलाई आफ्नो गल्ति मानेनन् । गुगलले जानीजानी त्यसो गरेको नभई सर्च रिजल्टमा देखिने पेजमा कुन तस्वीर कुन ठाउँमा आउँछन् भन्ने कुराको निधो गुगल आफैले नगर्ने र तस्वीरहरु सम्बन्धित आलेख वा सर्च इन्जिन अप्टिमाइजेसनको आधारमा निर्धारण हुने स्पष्टीकरण दिएको थियो । गुगलका सीईओ सुन्दर पिचाईले idiot लेख्दा ट्रम्पको फोटो खुल्नु प्राविधिक कुरा हो । गुगलले जानी-जानी ट्रम्पको छबी गिराउने काम नगरेको उनले बताएका थिए ।

गुगलका सीईओले यस बिषयमा अमेरिकी संसदलाई स्पष्टिकरण दिने क्रममा भनेका थिए कि गूगलको सर्च इन्जिन यस्तो तरिकाले बनाइएको छ कि जब कसैले कुनै शब्दलाई पटक-पटक खोज्छ, तब सर्च इन्जिनले त्यसै कीवर्डलाई लोकप्रिय श्रेणीमा शामेल गर्छ र त्यसैलाई रिजल्टको रुपमा देखाउँछ । 


गुगलका सीईओले अमेरिकी सांसदमा दिएको जवाफलाई आधार मानेर गुगलमा नेपालीमै 'मुर्ख प्रधानमन्त्री' खोज्ने हो भने नेपालका वर्तमान प्रधानमन्त्री, पुर्वप्रधानमन्त्रीहरुको तश्वीरहरु देखिन्छन् । यसैले पनि के प्रमाणित गर्छ भने गुगलले सबै कुरा जे खोजिएको हो शत प्रतिशत देखाउने क्षमता राख्दैन र त्यसो गर्नु शतप्रतिशत सम्भव नहुन सक्छ । यदी हामीले नेपालीमा कुनै शब्द खोज्दैछौ भने कुनै अनलाइन मिडियाले नेपालीमा लेखेका समाचार, लेख र अनलाइनमा राखिने शब्दलाई आधार बनाएर गुगलले सर्च गरेर दिने देखाईदिने हुँदा जुन शब्द बढी वेबसाइटमा भेटिन्छ वा खोजिन्छ त्यसैलाई गुगलले देखाउँछ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!