युवकहरु युवतीबारे यी पाँच कुरा जान्न हतारिन्छन्

Posted on: 08 Sep, 2016

युवकहरुलाइ युवतीहरुको बारेमा सधै केही न केही जिज्ञासा हुनेगर्छ । बिशेस गरि त जुन युवतीलाइ उसले मन् पराएको छ, वा आफ्नो भविश्य देखेको छ, उनका विषयमा त झन् गम्भीर चासो राख्ने गर्दछन । तपाइँले पनि यस्ता कुराहरुको बारेमा महसुस गर्नुभएको हुनसक्छ ।


अफिस वा कलेजमा जब कुनै नयाँ युवती आउँछिन्, तब युवकहरु उनको रिलेशन स्टाटस जान्न हतारिन्छन् । युवकहरुमा युवतीको विषयलाई लिएर कैयन कुरा जान्ने हतारो हुन्छ ।  केही त्यस्ता उत्सुकताबारे यहाँ बताईएको छ ।


१. उनलाई मन पराउने कोही युवक त छैनन् रु उनका पुरुष साथी कति छन् रु यो कुराबाट उनको व्यवहारको अन्दाज लगाउँछन् । कतिपय समयमा यो चासो शंका हटाउनका लागि पनि लिइन्छ । 


२. कुनै पनि युवतीसँग सम्बन्ध जोड्नुअघि युवकहरु उनी कोहीसँग प्रेम सम्बन्धमा त छैनन् भन्ने कुरा जान्न उत्सुक हुन्छन् । पहिले कोहीसँग सम्बन्ध पो थियो कि रु


३. साथै युवकहरु उनी आफ्नो साथीहरुको बीचमा कत्तिको घुलमिल हुन्छिन् । साथीहरुसँग उनको व्यवहार कस्तो छ । गफगाफ र अन्य कुरामा कत्तिको पोख्त छिन् भन्ने कुरा पनि चासोमा रहने गरेको पाइन्छ ।


४. उनी आफूप्रति कत्तिको बफादार छिन्, कत्तिको माया गर्छिन् रु यो कुराको उत्सुकता पनि युवकहरुमा हुने गर्छ । खासगरी आफ्नी प्रेमिकाको आँखामा आफ्नो महत्व देख्ने चाहना युवकहरुमा हुन्छ ।


५. युवकहरु हमेशा यो कुरा जान्न चाहन्छन्, उनी आफूप्रति कत्तिको गम्भीर छिन् । साथै सेक्सलाई लिएर उनको धारणा कस्तो छ । त्यसबारे केही जान्छिन् कि जान्दिनन् । उनका इच्छा आकांक्षा कस्ता छन् । युवकहरु यस्ता कुराहरुमा बिशेस चासो राख्दछन । एजेन्सी ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!