दुधकोसी किनारमा मृत फेला

Posted on: 11 Apr, 2022

 चैत्र २८, खोटाङ | सोलुखुम्बुको थुलुङ दुधकोसी गाउँपालिका–६ मुक्लीका ६३ वर्षीय गणेशकुमार राई मृत फेला परेका छन् । गत १४ चैतदेखि सम्पर्क विहीन बनेका राई आइतबार खोटाङको ऐसेलुखर्क गाउँपालिका–६ ज्यामिरे तल्लो सल्लेको तितेकुरस्थित दुधकोसीको किनारमा मृत फेला गरेका हुन् । 

बेवारिसे अवस्थामा शव फेला परेपछि सोधीखोजीका क्रममा राईको पहिचान गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारी प्रहरी निरीक्षक सागर शाहले बताए । 

घाँटीमा लगाएको तुलसीको माला, घडी र लुगाको आधारमा राईको शवको पहिचान गरिएको हो । शव पहिचानपछि आफन्तलाई जिम्मा लगाएर पठाइएको प्रहरी निरीक्षक शाहले बताए । घट्नाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 



यस बिषयमा तपाइको प्रतिक्रिया...!