बैशाख १६, काठमाडौँ । इलाम क्षेत्र नम्बर २ को मतगणना परिणाम दुई/दुई घन्टामा सार्वजनिक गरिने भएको छ। मुख्य निर्वाचन अनुगमन अधिकृत राजेन्द्र प्रसाद आचार्यका अनुसार दिउ"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... बैशाख १६, काठमाडौँ । इलाम क्षेत्र नम्बर २ को मतगणना परिणाम दुई/दुई घन्टामा सार्वजनिक गरिने भएको छ। मुख्य निर्वाचन अनुगमन अधिकृत राजेन्द्र प्रसाद आचार्यका अनुसार दिउ"/>
१४ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

इलाम २ को मतपरिणाम प्रत्येक दुई घन्टामा सार्वजनिक गरिने

१६ बैशाख २०८१, आईतवार ०८:१८

बैशाख १६, काठमाडौँ । इलाम क्षेत्र नम्बर २ को मतगणना परिणाम दुई/दुई घन्टामा सार्वजनिक गरिने भएको छ। मुख्य निर्वाचन अनुगमन अधिकृत राजेन्द्र प्रसाद आचार्यका अनुसार दिउँसो २ बजेमात्रै प्रारम्भिक मतपरिणाम सार्वजनिक गरिनेछ। 

बिहान ११ बजेबाट सुरु गर्ने भनिएको मतगणना एक घन्टा ढिलो गरी सुरु भएको थियो। 

अहिले मतगणना जारी छ। अहिले फाकफोकथुम गाउँपालिकाको वडा नम्बर १ र २ को मतगणना भइरहेको छ।


मतगणना स्थलमा सुरक्षा व्यवस्था कडा पारिएको छ। मतगणना स्थलमा तारले घेरेर सीसीटीभी जडान गरिएको छ।  

इलाम–२ मा कूल १ लाख १५ हजार ८८९ मतदाता छन्। त्यसमध्ये ६९ हजार २ सय ८७ जना मतदाताले मतदान गरेका छन्

उपनिर्वाचनमा ६० प्रतिशत मत खसेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

जसमध्ये ३५ हजार १ सय २५ जना पुरुष र ३४ हजार १ सय ५० जना महिला र अन्य २ जनाले मतदान गरेका छन्। 

१२ राजनीतिक दलका र सात स्वतन्त्र गरी १९ जना उम्मेद्वार चुनावी प्रतिस्पर्धामा छन्।

एमालेका सुहाङ नेम्बाङ, कांग्रेसका डम्बर खड्का, रास्वपाका मिलन लिम्बू र पहिचानवादी साझा स्वतन्त्र उम्मेद्वार डकेन्द्रसिंह थेगिमबीच मुख्य प्रतिस्पर्धा हुने आकलन छ।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण पेट्रोलियम पदार्थ आयात बढ्दो समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट