दरबारमार्गबाट रेडपाण्डाको छालासहित २ जना पक्राउ

Posted on: 22 Apr, 2022

वैशाख ९, काठमाडौँ | काठमाडौंको दरबारमार्गबाट प्रहरीले रेडपाण्डको छालासहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा दोलखाको मेलुङ गाउँपालिका–४ भेड्पु घर भएका २९ वर्षीय तुलसाङ दोर्जे गोले र काभ्रे पाँचखाल नगरपालिका–२ घर भएका ३८ वर्षीय रामकुमार श्रेष्ठ छन् ।

प्रहरी वृत्त दरबारमार्गबाट खटिएको टोलीले उनीहरुलाई दरबारमार्गस्थित होटल मिर्चीबाट पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ । प्रहरीले अरोपीहरुको साथबाट १ थान रेडपाण्डाको छाला बरामद गरेको छ । आरोपीहरुबारे महानगरीय प्रहरी वृत दरबारमार्गले अनुसन्धान गरिरहेको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!