धादिङमा २० केजी अफिमसहित दुई जना पक्राउ

Posted on: 10 May, 2022

वैशाख २७, धादिङ | धादिङको गजुरी गाउँपालिका–६ मिलनटारबाट करिब २० किलो अवैध लागूऔषध अफिम जस्तो देखिने वस्तु सहित २ जनालाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा गजुरी गाउँपालिका–८ बस्ने ३० वर्षीय केशब तामाङ र सोही ठाउँ बस्ने २६ वर्षीय थल बहादुर तमाङ रहेका छन् । 

किरानचोकबाट आदमघाटतर्फ आँउदै गरेको बा.८५ प ३७७० नम्बरको मोटरसाइकललाई इलाका प्रहरी कार्यालय गजुरीबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त पदार्थ सहित उनीहरुलाई पक्राउ गरेको हो ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!