कारको ठक्करबाट स्कुटरमा सवार ५ वर्षीय बालकको मृत्यु

Posted on: 15 Jun, 2022

असार १, काठमाडौं । काठमाडौंमा कारको ठक्करबाट स्कुटरमा सवार ५ वर्षीय बालकको मृत्यु भएको छ । टोखा नगरपालीका ६ धापासी डाँफे कोलनी नजिकै हिजो कारको ठक्करबाट स्कुटरमा सवार ५ वर्षीय बालकको मृत्यु भएको हो । 

मृत्यु हुनेमा स्थानीय प्रियान्स उप्रेती छन् । कारको ठक्करबाट गम्भीर घाइते भएका बालकको उपचारका क्रममा ग्राण्डी अस्पतालमा मृत्यु भएको हो । 

हिजो दिउँसो ३ बजे प्रदेश १ ०२१ च २९५६ नम्बरको कारले प्रदेश २ ०३५ प ०५२० नम्बरको स्कुटरलाई ठक्कर दिँदा पछाडी सवार बालक गम्भीर घाइते भएका थिए । कारसहित चालकलाई प्रहरी वृत्त महाराजगञ्जले नियन्त्रणमा लिएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!