कैलालीमा लागुऔषधसहित चार जना पक्राउ

Posted on: 24 Jul, 2022

साउन ८, टीकापुर । कैलालीमा लागुऔषधसहित चार जना पक्राउ परेका छन् । प्रहरी टोलीले उनीहरुबाट ५ ग्राम ४७० मिलिग्राम खैरो हेरोईनसहित १८ ट्यावलेट नाईट्राभेट १० लेखेको पत्ता बरामद गरेको छ । पक्राउ पर्नेमा भजनी नगरपालिका–३ बस्ने २३ वर्षीय बुटा सिंह,  ३१ वर्षीय जिवन शाह,  २१ वर्षीय अमित रावल र लम्कीचुहाका शिशिर साउद रहेको प्रहरीले जनाएको छ ।

उनीहरुलाई विभिन्न ठाउँमा खटिगएको प्रहरी टोलीले विशेष सूचनाका आधारमा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।उनीहरु माथि थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!