गजल
भूमीराज शर्मा
प्रश्न गर्छु आफैलाई मैले पढ़न जानिन कि ।
कतै मैले चुपचाप तिम्रो आदेश मानिन कि ।।
स्कूल धाएँ कलेज धाएँ डिग्रीहरु हात पारें ।
बेरोजगार जिन्दगी भो राम्रो शिक्षा छानिन कि ।।
चाकडी र चाप्लूसीको जमाना पो रैछ ऐले ।
कतै मैले कुसंस्कारको बिंडो अझै धानिन कि ।।









