असोज ८, धनुषा । उपप्रधानमन्त्री एवं गृहमन्त्री विमलेन्द्र निधिले संविधान संशोधनमार्फत् मधेसका मुद्दाको सम्बोधन हुने बताएका छन् ।

उनले संविधानका केही बु"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... असोज ८, धनुषा । उपप्रधानमन्त्री एवं गृहमन्त्री विमलेन्द्र निधिले संविधान संशोधनमार्फत् मधेसका मुद्दाको सम्बोधन हुने बताएका छन् ।

उनले संविधानका केही बु"/>

2026-09-12 01:58 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

गलत अफवाह फैलाइयो: उपप्रधानमन्त्री निधि

असोज ८, धनुषा । उपप्रधानमन्त्री एवं गृहमन्त्री विमलेन्द्र निधिले संविधान संशोधनमार्फत् मधेसका मुद्दाको सम्बोधन हुने बताएका छन् ।

उनले संविधानका केही बुँदालाई लिएर विद्यमान असहमति र विवादलाई संशोधनको माध्यमले सुल्झाउन सकिने बताउँदै संशोधनको पक्षमा प्रमुख प्रतिपक्षी नेकपा एमालेसमेत सहमत हुने बताए ।

गृहमन्त्री भएपछि पहिलोपटक गृहजिल्ला धनुषाको तीनदिने भ्रमणमा शनिबार जनकपुर आइपुगेका उपप्रधानमन्त्री निधिले जनकपुर विमानस्थलमा सन्चारकर्मीसँग कुरा गर्दै एमालेलेसमेत संविधान परिवर्तनीय र संशोधनीय हुने कुरालाई स्वीकार गरिसकेकाले संशोधन प्रक्रियामा एमालेकोसमेत सहभागिता रहने विश्वास व्यक्त गरे ।

उपप्रधानमन्त्री निधिले निर्धारित् समयमै स्थानीय चुनाव हुने उल्लेख गर्दै सीमांकनसम्बन्धी संवैधानिक आयोगको बुझाइसँग फरक मत रहेकाले ती जम्मै पृथक धारणालाई एकठाउँमा ल्याएर सर्वस्वीकार्य हुने किसिमको सीमांकनका आधारमा स्थानीय निर्वाचन चैत मसान्तभित्र नै गराउने सरकारको तयारी रहेको प्रस्ट जनाए ।

हिन्दीलाई सरकारी कामकाजको भाषा बनाउनुपर्ने सरकारको प्रस्ताव रहेको भन्ने विभिन्न सन्चारमाध्यममा आएका समाचार गलत र भ्रामक रहेको भन्दै यस विषयमा आफूले त्यस्तो अभिव्यक्ति नदिएकोसमेत बताए ।

उनले नेपाली सरकारी कामकाजको भाषा रहेको देशमा बोलिने अरु भाषालाईसमेत संविधानको अनुसूचीमा राख्ने सन्दर्भमा आफूले राखेको प्रस्ट्याए । सन्चारकर्मीको एक जिज्ञासाको उत्तरमा गृहमन्त्री निधिले आफू र प्रहरी प्रमुखबीच सम्बन्ध बिग्रेकोबारे गलत अफवाह फैलाइएको भन्दै प्रहरी प्रमुखसँग सम्बन्ध समधुर रहेको स्पस्ट पारे ।

शनिबार बुद्ध एअरको विमानबाट जनकपुर आइपुगेका निधिलाई विमानस्थलमा हजारौंको संख्यामा रहेका नेपाली कांग्रेसका नेता, कार्यकर्ता, शुभेच्छुक, समर्थक, सरकारी अधिकारी तथा कर्मचारीलगायतले फूलमालाले स्वागत् गरेका थिए ।

उपप्रधान एवं गृहमन्त्री निधि शनिबारै नेपाली कांग्रेस, धनुषाद्वारा जनकपुरमा आयोजना हुने कार्यक्रममा अभिनन्दन ग्रहण गर्नेछन् भने शनिबारै जनकपुर उद्योग वाणिज्य संघको ५०औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

गृहमन्त्री निधिको जनकपुर आगमनसँगै जनकपुर क्षेत्रमा सुरक्षा व्यवस्थालाई कडा बनाइएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले निजी क्षेत्रलाई तर्साउने काम बन्द गर्नुहोस् : वर्षमान पुन साताको अन्तिम कारोबार दिन नेप्सेमा उछाल, २७.९४ अंकले बढ्यो बाढीपीडितलाई तत्काल सुरक्षित र अस्थायी पुनर्स्थापना गर्न सांसद केसीको माग आईजीपी कार्कीलाई बर्खास्त गर्न सांसद सुनारको माग बाढी प्रभावित बालबालिका अन्यत्र लैजाँदा अनिवार्य सिफारिस लिन मन्त्री बादीको आग्रह के यो देशमा सरकारभन्दा ठुलो माफिया नै हो त ? : आशिका तामाङ असोज १५ सम्म संसदको कार्यतालिका परिमार्जनसहित स्वीकृत भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,३८५ पुग्यो, ५,१३० अझै सम्पर्कविहीन प्रधानमन्त्री शाहसँग शीर्ष उद्योगीको छलफल सरकारले उद्योग चलाउने होइन, निजी क्षेत्रलाई जिम्मा दिने हो : अर्थमन्त्री वाग्ले अहिलेको प्रधानमन्त्रीलाई निजी क्षेत्र हेर्नै मन पर्दैन : गगनकुमार थापा एमाले पुनर्गठन कार्यदल बैठक बस्दै कांग्रेस महाधिवेशन तोकिएकै मितिमा हुन्छ, एक घण्टा पनि सर्दैन : गगन थापा प्रधानमन्त्री शाह र न्युजील्याण्डका प्रधानमन्त्रीबीच टेलिफोन वार्ता सुनचाँदीको मुल्य घट्यो राष्ट्रपतिसमक्ष लोक सेवा आयोगको वार्षिक प्रतिवेदन पेस