Skip to content
Friday, July 17, 2026 Nepali Online Media

दर्ता भयो भृकुटीको पूर्व विद्यार्थी समाज

By kit 6 मिनेट पढाइ

पढ्न करिब 2 मिनेट लाग्छ
प्रकाशित:

असोज ७, सुरुङ्गा । कनकाई नगरपालिका–७ स्थित भृकुटी मा.वि. दुर्गापुरका भूतपूर्व विद्यार्थीहरुको संगठन भृकुटी मा.वि. पूर्व विद्यार्थी समाज आधिकारिक रुपमा दर्ता गरिएको छ ।

सो विद्यालयमा अध्ययन गरी देश विदेशमा छरिएर रहेका पूर्व विद्यार्थीलाई ऐक्यबद्ध गरी आपसी सद्भाव तथा भावनात्मक सम्बन्धलाई मजबुत पार्दै आपूmले अध्ययन गरेको विद्यालय तथा विद्यालयमा अध्ययनरत विद्यार्थीको विकासमा टेवा पु¥याउने उद्देश्यले संस्था स्थापना गरिएको समाजका अध्यक्ष मनोज बस्नेतले जानकारी दिए ।

संस्थाको विधान २०७३ संस्था दर्ता ऐन २०३४ को अधीनमा रही जिल्ला प्रशासन कार्यालय भद्रपुर झापामा दर्ता गरिएको छ । “समाज र राष्ट्रका भविष्य भन्नु नै हाम्रा बालबालिका हुन्” भन्ने भन्ने मूल नाराका साथ स्थापना भएको समाज एक अविच्छिन्न उत्तराधिकारवाला, संगठित, स्वशासित, गैर–राजनीतिक तथा गैर–सरकारी जनहितकारी सामाजिक संस्थाको रुपमा दर्ता भएको छ ।

बालबालिकाको हकहितमा रचनात्मक कार्य गर्ने, पीडित तथा उत्पीडित बालबालिकाको विकासका लागि सरकारी तथा गैरसरकारी राष्ट्रिय सामाजिक संघसंस्थाहरुसँग समन्वय गरी सहकार्य गर्ने, भृकुटी मा.वि. मा अध्ययनरत बालबालिकाहरुको चौतर्फी विकास एवम् व्यक्तित्व विकासमा सहयोग पु¥याउने, छात्रवृित्त वितरण, छलफल, गोष्ठी, साहित्य,संगीत, कला, हाजिरीजवाफ, विभिन्न आवश्यकतानुसारका तालिम, कार्यशाला साथै विभिन्न प्रतियोगितात्मक कार्यक्रमहरुको आयोजना गर्ने, बालबालिकासँग सम्बन्धित विभिन्न चेतनामुलक कार्यक्रमको आयोजना गरी समाजका विकृति र अन्धविश्वासलाई हटाई सामाजिक न्याय प्राप्त गर्न प्रयासरत रहने, शिक्षा, वातावरण संरक्षण र बौद्धिक विकासमा सहयोग पुरयाउने विविध कार्यक्रमहरु संचालन गरी सृजनात्मक समाजको स्थापनामा जोड दिने लगायतका उद्देश्य संस्थाले राखेको बताइएको छ ।

संस्थापक समितिको अध्यक्षमा मनोज बस्नेत, उपाध्यक्षमा शिवहरि काफ्ले, सचिवमा कुमारप्रसाद खरेल,  सहसचिवमा दीपक पोखरेल र कोषाध्यक्षमा मिलन दाहाल रहेका छन् भने सदस्यहरुमा ईश्वर सुबेदी, पुण्यप्रसाद खतिवडा, इन्द्रहरि भट्टराई, अन्जना बस्नेत, पूर्णिमा राजवंशी, माराङ हस्दा, सावित्रा सुवेदी, चन्द्रबहादुर बस्नेत, नर्वदा खड्का, बालिका चौहान, अम्बिका सुवेदी, खगेन्द्र निरौला, धनीमाया मुर्मु र सविता सुवेदी रहेका छन् । त्यसै गरी, तुलसी कार्की संयोजक रहेको सल्लाहकार समिति गठन गरिएको छ ।

सल्लाहकारमा तीर्थराज खरेल, अमृत योङहाङ, निर्मलकुमार खनाल, जयप्रसाद शिवाकोटी, लक्ष्मीप्रसाद ओली, गोपाल प्रसाई, बलराम कार्की, धनबहादुर खडका, राजन कार्की, नरेन्द्रराज काफ्ले, प्रेमप्रसाद अधिकारी चयन भएका छन् । समाजको प्रचारप्रसार समितिमा संयोजक एकराज गिरी र सदस्यमा राजाराजेन्द्र पोखरेल, युवराज निरौला, दीपक दास, नारायण अधिकारी, पवन मण्डल, जुनु थापा, के.पी. लुइँटेल र टंकमणि कोइराला रहेका छन् ।