भूमीराज शर्मा
प्रश्न गर्छु आफैलाई मैले पढ़न जानिन कि ।
कतै मैले चुपचाप तिम्रो आदेश मानिन कि ।।

स्कूल धाएँ कलेज धाएँ डिग्रीहरु हात पारें ।
बेरोजगार जिन्दगी भो राम्रो शिक्षा छानिन कि ।।

चाकडी र चाप्लूसीको जमाना पो रैछ ऐले ।
कतै मैले कुसंस्कारको बिंडो अझै धानिन कि ।।

घुस पेस चल्दो रैछ कदर छैन योग्यताको ।
नाताबाद र कृपाबादको लहरो पो तानिन कि ।।

आक्रोसको ज्वाला दन्क्यो कलम बल्न थाल्यो ।
सायद मैले बिद्रोहको झटारोले हानिन कि ।।

देउपुर, पर्वत

Related News