Skip to content
Friday, July 17, 2026 Nepali Online Media

Author: kit

देउवाद्वारा पार्टी कार्यालय भवन शिलान्यास

फागुन २७, म्याग्दी | नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले आज जलजला गाउँपालिका–४ मोहनचोकमा पार्टी कार्यालय भवनको शिलान्यास गर्नुभएको छ । 

मल्लाजका अगुवा मोहनबहादुर मल्लको स्मृतिमा नेपाली काङ्ग्रेस जलजला गाउँपालिकाले सो भवन निर्माण गर्न लागेको हो । भवन निर्माणका लागि मल्ल परिव

मतदाता अध्ययन प्रतिवेदन सार्वजनिक

फागुन २७, काठमाडौँ | नेपाल मतदाता अधिकार मञ्चले अध्ययन गरेको ‘प्रदेशसभा र संसद्का निर्वाचनमा सिमान्तकृत समुदायको सहभागिता अवस्था र चुनौती–२०७४’ नामक अध्ययन प्रतिवेदन सार्वजनिक गरिएको छ । मञ्चले आज यहाँ आयोजना गरेको कार्यक्रमका प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले अध्ययन प्रतिवेदन सार्वजनिक ग

वैदेशिक सहायताबारे सकारात्मक छलफलः अर्थमन्त्री खतिवडा

फागुन २७, काठमाडौँ | अर्थमन्त्री डा युवराज खतिवडाले वित्तीय संस्थाको स्तरोन्नति गर्न वैदेशिक सहायताबारे सकारात्मक छलफल भइरहेको बताउनुभएको छ । साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको १८औँ वार्षिककोत्सवमा मन्त्री डा खतिवडाले थप सहायताका बारेमा छलफल भइरहेकाले कार्यक्षत्र बढाउन आग्रह गर्नु

मिर्चैयामै पहिलो पटक फेशन शो एण्ड म्युजिकल ईभेन्ट हुँदै

राम नारायण पंडित | फागुन २७, सिरहा । सिरहाको मिर्चैयामा पहिलो पटक फेशन फेस्ट शो एण्ड म्युजिकल ईभेन्ट हुने भएको छ । एल एण्ड एन मोडल एजेन्सी प्रालि काठमांडौले मिर्चैयामा यहि चैत ९ गते फेशन फेस्ट शो एण्ड म्युजिकल ईभेन्टको अडिसन गर्ने जनाएको छ । 

आदिवासी महोत्सवमा रु डेढ करोडको कारोवार

फागुन २७, नुवाकोट | प्रथम नुवाकोट आदिवासी महोत्सव रु डेढ करोडभन्दा बढीको कारोवार भई सम्पन्न भएको छ । बट्टारमा ‘भाषा, कला, संस्कृतिको संरक्षण आदिवासी अभियान–स्थानीय उत्पादन, कृषि पर्यटन र व्यापार प्रवद्र्दन’ नारासहित सञ्चालन भएको महोत्सवले सांस्कृतिक पक्षका साथसाथै आदिवासी जनजाति महासङ्घको निर्माण

लागुऔषध मुद्दामा फरार नुवाकोटका एक व्यक्ति जेल चलान

फागुन २७, काठमाडौँ | नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्यूरोले लागुऔषध मुद्दामा फरार व्यक्तिलाई पक्राउ गरी जेल चलान गरेको छ । ब्यूरोको टोलीले काठमाडौँ जिल्ला अदालत २०७३ भदौ २१ को फैसलाले दुई वर्ष कैद र रु एक लाख जरिवाना सुनाएपछि फरार रहेका नुवाकोटका उद्धव पौडेललाई आइतबार बालाजुबाट पक्राउ गरी आज स

करेण्ट लागेर दोलखामा एक पुरुषको मृत्यु

ताराबहादुर महत । फागुन २७, दोलखा । करेन्ट लागेर गएराति दोलखामा एक पुरुषको ज्यान गएको छ । 

कालिञ्चोक गाउँपालिकाको वडा नं २ बाबरेका २९ बर्षिय मदन थामीको ग

सार्वभौमसत्ता, अखण्डता र स्वाधीनतामा जनमतसङ्ग्रह हुन सक्दैन: प्रधानमन्त्री

फागुन २७, काठमाडौँ | प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार र स्वतन्त्र मधेश गठबन्धन समूहबीच भएको सहमतिपछि विखण्डन, पृथकतावादी सोच र आन्दोलन समाप्त भएको बताउनुभएको छ । राष्ट्रिय सुरक्षा परिषद् सचिवालयको १८औँ वार्षिकोत्सवका अवसरमा आज आयोजित समारोहमा उहाँले सहज र सुखद् रुपमा पृथकतावादी गतिविधि अन्त्य

यस्ता व्यक्तिहरुले भुलेर पनि कागती पानी नपिउनुहोस्

गर्मीमा सामान्यतः कागती पानी पिउनु राम्रो मानिन्छ । तर केही मानिसलाई कागती पानी पिउनाले नोक्सान पनि पुर्याउन सक्छ । यसले व्यक्तिको स्वास्थ्यसम्बद्ध समस्याहरूलाई झन् जटिल बनाउन सक्छ ।

यस्ता ५ किसिमका रोग वा समस्या भएका व्यक्तिहरूले कागती पानी पिउनु हुँदैन –

– कागती पानीमा एसिडको मात्रा

कम्मरदेखि तलको भाग पानीमा डुबेको अवस्थामा युवतीको शव फेला

फागुन २७, सप्तरी । सप्तरीमा एक जना युवतीको शव फेला परेको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार अन्दाजी २० बर्षीया युवतीको शव कम्मरदेखि तलको भाग पानीमा भएको अवस्थामा फेला परेको हो ।

हनुमाननगर कंकालनी नगरपालिका १ भारदहस्थित कोशी व्यारेजदेखि ८ सय मिटर दक्षिणमा फेला परेको हो ।

पहाडे मूल

भूकम्पबाट क्षतिग्रस्त सम्पदा बस्ती पुनःनिर्माण गर्न बजेट विनियोजन

फागुन २७, काठमाडौँ | भूकम्पबाट क्षतिग्रस्त छ सम्पदा बस्ती अध्ययनका लागि रु एक करोड २० लाख र पुनःनिर्माणका लागि रु ३० करोड बजेट विनियोजन भएको छ । 

काठमाडौँ उपत्यकाभित्रका तीन र बाहिरका तीन गरी छ सम्पदा बस्ती अध्ययन गरिने राष्ट्रिय पुनःनिर्माण प्राधिकरण केन्द्रीय आयोजना कार्यान्वयन ए

वल्र्डलिङ्कले निःशुल्क इन्टरनेट सेवा दिने

फागुन २७, काठमाडौँ | इन्टरनेट सेवा प्रदायक कम्पनी वल्र्डलिङ्कले एक वर्षभित्रमा मुलुकका १० हजार स्थानमा निःशुल्क इन्टरनेट सेवा विस्तार गर्ने भएको छ । 

कम्पनीको सामाजिक उत्तरदायित्वअनुसार आगामी एक वर्षभित्र देशभरिका १० हजार स्थानमा निःशुल्क इन्टरनेट उपलब्ध गराउने वल्र्डलिङ्कका प्रमुख