ताराबहादुर महत । फागुन २७, दोलखा । करेन्ट लागेर गएराति दोलखामा एक पुरुषको ज्यान गएको छ ।

कालिञ्चोक गाउँपालिकाको वडा नं २ बाबरेका २९ बर्षिय मदन थामीको गएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ । गाउँपालिकाको वडा नं ३ सिँगटी बजारमा रहेको आफ्नै घरमा गएराति फ्रिज चलाउने क्रममा अचानक करेन्ट लागि गम्भिर घाईते भएका थामीलाई उपचारका लागि सदरमुकाम चरिकोट ल्याउने क्रममा बाटोमा नै निधन भएको दोलखाका प्रहरी प्रमुख प्रहरी नायब उपरिक्षक बासुदेव पाठकले जानकारी दिनुभयो ।

करेण्ट लागेर दोलखामा एक पुरुषको मृत्यु