Skip to content
Friday, July 17, 2026 Nepali Online Media

Author: kit

सिके राउतसँगको सम्झौताबारे शङ्का गर्नुपर्दैन: अध्यक्ष प्रचण्ड

फागुन २७, पोखरा | नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकार र सिके राउतबीच भएको सम्झौतामा शङ्का गर्नुनपर्ने बताउनुभएको छ । प्रेस सङ्गठन नेपाल कास्कीद्वारा आज पोखरामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा उहाँले पृथकतावादी आन्दोलन गरिरहेको समूहला

बझाङमा ३१ सय ३७ गरिब परिवारले गरे स्वास्थ्य बिमा

सम्राट सिंह । फागुन २७, बझाङ । सरकारले नागरिकको स्वास्थ्य उपचारमा सहज पहुँच पुर्याउने उद्येश्यले ल्याएको स्वास्थ्य विमामा अति गरिब परिवारलाई निशुल्क बिमा गर्न थालेपछि जिल्लामा ३१ सय ३७ घर परिवारले स्वास्थ्य बिमा गरेका छन ।

गरिब परिचयपत्रको आधारमा निशुल्क स्वास्थ्य बिमा गर्न थालेपछि जिल्

प्रभावकारी कार्यान्वयन भएन बालश्रम ऐन

फागुन २७, काठमाडौँ | नयाँ बसपार्कस्थित होटल गोधुँलीमा दश वर्षीय रोहित विकले भाडा माझ्ने काम गर्दै आएको दुई वर्ष भयो । 

राउतले बिहानदेखि बेलुका नौ बजेसम्म भाडा माझेबापत बस्न र खाना मात्र पाएका छन् । उनको पारिश्रम भनेको बस्ने र साँझ विहानको खाना मात्रै हो । सानैमा बाबुआमा गुमाएका सिन

विद्युत् चुहावट गर्नेबाट रु चार करोड असुली

फागुन २७, पर्सा | नेपाल विद्युत् प्राधिकरणले वीरगञ्ज वितरण केन्द्रले विद्युत् चुहावट गर्ने ठूला ग्राहकबाट रु चार करोडभन्दा बढी रकम असुल गरेको छ । |

मिटर तथा कनेक्सनमा गडबढी गरी लामो समयदेखि विद्युत् चुहावट गर्दै आएका ठूला ग्राहकहरुलाई कारवाही स्वरुप केन्द्रले सो रकम असुल गरेको हो ।&nbsp

मर्मत भएनन् अस्पतालका उपकरण

काशीराम शर्मा | फागुन २७, बाँके | पश्चिम नेपालका सरकारीमध्ये नेपालगन्ज भेरी अस्पतालमा मात्रै केही जटिल रोगको उपचार हुन्छ । तर, उपचारका लागि आवश्यक पर्ने उपकरणहरु बिग्रिएपछि बनाउनेतर्फ अस्पतालले ध्यान नदिँदा बिरामी चर्काे मूल्य तिरेर निजी स्वास्थ्य संस्थामा गएर परीक्षण गराउन बाध्य छन् । 
<

एबिसीलाई पूर्ववत् अवस्थामा फर्काइँदै

वासुदेव पौडेल | फागुन २७, पोखरा | अन्नपूर्ण आधार शिविर (एबिसी) लाई यही फागुन १३ गते आएको हिमआँधीले ठूलो क्षति पुर्याए पनि पर्यटकको सुविधालाई दृष्टिगत गर्दै यहाँका व्यवसायी यस स्थललाई पूर्ववत् अवस्थामा फर्काउने तयारीमा जुटेका छन् । 

अकल्पनीयरूपमा आधार शिविर क्षेत्रमा आएको हिमआँधीका

मनोसामाजिक सेवाको प्रभावकारिता

फागुन २७, सिञ्जा | बहुसांस्कृतिक मनोसामाजिक संस्था ९टिपियो० नेपाल जुम्ला शाखाले दिँदै आएकोे मनोसामाजिक सेवाप्रति स्थानीयवासी खुशी भएका छन् । मनोसामाजिक समस्या भएका बिरामीको सङ्ख्या वृद्धि हुँदै गएकाले चालू आर्थिक वर्षको हालसम्म १८७ ले सो सेवा लिइसकेका छन् । 

गत साउनमा २२, भदौमा २३,

कापी कलमबिना नै विद्यालय आउँछन् चेपाङ विद्यार्थी

हीरालाल गुरुङ | फागुन २७, मुग्लिन | चितवन इच्छाकामना गाउँपालिकास्थित विद्यालयमा विद्यार्थीहरु प्रायः नियमित आउने गरेका छैनन् । 

विशेष गरी चेपाङ समुदायका बाहुल्य भएका सो बस्तीका विद्यालयमा विद्यार्थीहरु नियमित नआउने गरेका हुन् । कक्षा ३ सम्म पढाई हुने श्री सूर्यज्योति राष्ट्रिय आधार

नेपालीसहित १५७ जनाको मृत्यु भएपछी बोइंग विमानको उडान बन्द !

फागुन २७, काठमाडौं | इथियोपिया बोइंग ७३७ म्याक्स ८ विमान दुर्घटना भएपछि चीनले बोइंग ७३७ म्याक्स ८ को व्यवसायिक उडान बन्द गर्ने घोषणा गरेको छ ।  

चीनको उड्डयन सम्बन्धी निकायले विमानसँग सम्बन्धित सबै कुरा पुष्टि भएपछि मात्र फेरि व्यवसायिक उडान सुरु गर्ने बताएको छ । 

निर्देशक राजामौलीले ‘बाहुबली’ भन्दा पनि उत्कृष्ट फिल्म ‘आरआरआर’ लिएर आउँदै

फागुन २७, काठमाडौं | सुपरहिट फिल्म ‘बाहुबली’का निर्देशक एसएस राजामौलीले आफ्नो अर्को फिल्म ‘आरआरआर’ ल्याउने भएका छन् । उनले फिल्म आरआरआर बनाउन अझै एक वर्ष जति लाग्ने बताएका छन् ।

उनले आफ्नो यस फल्मको बारेमा बोल्दै केही समय पहिले भनेका थिए, ‘यसले दर्शकलाई अचम्मित पार्नेछ ।’

विमानस्थल परिसरमा सरसफाइ

फागुन २७, काठमाडौँ | त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसरमा आज सररफाइ तथा जनचेतनामूलक कार्यक्रम गरिएको छ । 

विमानस्थलले गत फागुन १५ गते भएको हेलिकोप्टर दुर्घटनामा परी निधन भएका संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीको १३औँ पुण्यतिथिको अवसरमा सरसफाइ गरेको हो ।

चन्द्रागिरीमा इनारमा खसेर एक जनाको मृत्यु

फागुन २७, काठमाण्डौ – चन्द्रागिरीमा इनारमा खसेर एक जनाको मृत्यु भएको छ । 

चन्द्रागिरी नगरपालिका ५ मा इनारमा रिङ हाल्ने क्रममा माटोमा चिप्लिएर खस्दा सिन्धुली घर भई चन्द्रागिरीकै महादेवस्थान बस्ने ३५ वर्षका राम माझीको मृत्यु भएको प्रहरीले जनाएको छ ।