By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
  • मुख्य समाचार
  • बैदेशिक रोजगार
    बैदेशिक रोजगारShow More
    अर्जेन्टिनालाई हराउँदै स्पेनले उचाल्यो फिफा विश्वकप २०२६ को उपाधि
    1 day ago
    जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी
    1 month ago
    भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण
    1 month ago
    नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा
    3 months ago
    बिदेशी कामदार भर्ना गर्न TURAP प्रणाली अपनाउने योजनामा मलेसिया सरकार !
    3 months ago
  • राजनीति
    राजनीतिShow More
    कुनै पनि प्रदेशसभा प्रतिपक्षविहीन बन्नु हुँदैन: विश्वप्रकाश शर्मा
    12 hours ago
    ४१.१७ अंकले बढ्याे सेयर बजार
    14 hours ago
    लेबल नभएका सामान बेच्नेलाई वाणिज्य विभागले कारबाही गर्ने
    15 hours ago
    प्रधानमन्त्री शाहले पुँजी बजार तथा बीमा क्षेत्रका सरोकारवालाहरूसँग छलफल गर्दै
    18 hours ago
    यस्तो तालले सरकार ५ वर्ष टिक्दैन: कुलमान घिसिङ
    2 days ago
  • अर्थ/विकास
    अर्थ/विकासShow More
    ४१.१७ अंकले बढ्याे सेयर बजार
    14 hours ago
    सुनचाँदीको मूल्य बढ्यो
    18 hours ago
    शेयर बजारमा उच्च अंकको वृद्धि
    4 days ago
    सुनको मूल्य बढ्दा चाँदीको घट्यो
    5 days ago
    बुधबार १४ अंकले बढ्यो नेप्से
    5 days ago
  • समाज
  • विश्व
  • खेलकुद
  • टिप्स
  • प्रवास
  • बिचित्र संसार
  • मनोरञ्जन
Reading: साइला फेरी परदेश गयो… !
Font ResizerAa
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
Font ResizerAa
  • Search Page
  • 404 Page
  • Search Page
  • Search Page
  • Blog Index
  • Contact Us
  • Search Page
  • 404 Page
  • Pages
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Personalized
  • Personalized
  • Personalized
  • More Foxiz
    • Login
    • Contact
    • Blog
    • Buy Theme
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
Follow US
Sajha Sabal | साझा सवाल > Blog > प्रदेश समाचार > बागमती प्रदेश > काठमाडौँ - KTM > साइला फेरी परदेश गयो… !
काठमाडौँ - KTMलेख

साइला फेरी परदेश गयो… !

साझासवाल
Last updated: April 11, 2017 6:51 am
साझासवाल
18 Min Read
Share

नमस्कार हजुर, आरामै हुनु हुन्छ बुवा ? आरमै के भन्नू र बाबु बाचिय्कै छ । 

तिमीलाई चिन्न सकिन नि को हौ तिमी ? 

म … को साइलो छोरो हो । 

सानोमा देखेको बडेमानको भएछौ तिमी कहाँ छौ, आज भोलि ? जागीर कता गरेको छौ साइला ? 

कतार तिरबाट आएको बुवा । 

कति को छुट्टी आयौ ? 

अब नजानु पर्ला भन्ने सोच छ बुवा, बिदेशमा सारै दु:ख र गर्मी हुन्छ बुवा । यतै केही गरुकी सोच्दै आको बुवा ।

के गर्ने विचारमा छौ ? 

देश मै केही गरौ भनेर । 

यता के गर्छौ ? 

देशमा धेरै नै वैदेशिक लगानी भित्र्याउने योजना छ रे नि अब गणतन्त्र आको छ सबैले अधिकार पाउने निश्चितछ रे नि बुवा ! 

ल ल राम्रो सोच रहेछ, अगाडी बढ स्वदेसमै केहि गर्नुपर्छ, 

ल हस बुवा 

म घर तिर लाग्छु । 

आज-भोलि भोलि भन्दै दिनहरु बित्दै गए, जागीरको सिलसिलामा डुल्न सुरु हुँदै थियो । 

एक दिन एभरेष्ट रिसोर्टमा पुगें । 

सर नमस्कार ! 

नमस्कार । 

के काम थियो होला ? 

सर म काम पाउछु कि भन्दै आएको सर । 

के काम जानेको छ ? 

………को काम जानेको छु, भन्दै मेरो सबै डकुमेन्ट टेबलमा राख्दिन्छु । 

भाइ हजुरको पढाइ रैनछ नि ! पढ्ने बेलमा गुच्चा खेल्न गएको थियौ कि के हो ? 

होइन सर क्रान्तिमा लागिएको थियो । स्कुल गएको समयमा स्कुलमा ७०/८० जना जति क्रान्तिकारीहरु आएर भने ‘यो देशको लागि तिमीहरु जस्तो युवाको खाचो छ’ हामी यो देशमा जनबादी गणतन्त्रको स्थापना गरि छाड्ने अठोटका साथ आगडि बढीरहेका छौं, यो देशमा निरंकुश राज शासन छ, यो राजाले देशको बिकास्मा अवरोध गरेको छ । हामीले देशमा सम्मान पहिचान र अधिकार दिनेछौं, हामी देशलाई सिंगापुर, सुजरलेन्ड बनाउनेतर्फ जाँदै छौं ।’ भनेर गएको हो तर के गर्नु सर । 

त्यसोभए तिम्रो लागि काम छैन भाइ, तिमी जान सक्छौ ।

धन्यवाद सर । 

मेरो मनभरी नरमाइलो छायो । अनि अर्को ठाँउको खोज तलास गर्दै अर्को ठुलो होटेलमा पुगें । 

म्यानेजरले भने ‘भाइ काम जानेको होला, यत्रो बर्ष बिदेशमा गरेको रहेछौ तर तिमी कुन पार्टीको सदस्यतामा छौ, कुनै पार्टीको पत्र लिएर आयो भने काम मिल्न सक्छ भाइ । अहिले जाउ … 

मेरो मनभरी बिभिन्न नकारात्मक कुरा खेल्न सुरु हुन्छ । हिजोसम्म कुनै राजनीतिक पार्टीमा लाग्दिन भनेर अठोट लिएको तर आज नलागि नहुने भयो । नेपालमा कुनै न कुनै पार्टीको खोल ओढ्नु पर्दोरहेछ भन्ने आभाश भयो । 

अब मेरो बिचार बदलियो । गाउँ तिर घुमघाम सुरु भयो । 

एक जनाले भने – ‘हाम्रो पार्टीको सङ्गठन सुरु हुँदैछ रे । पार्टी राम्रो छ, भोलि गाउँको सबै जना फलानो ठाउँमा जम्मा हुने भनेको छ । पार्टीको सबै भन्दा ठुलो नेता आउने रे ।’ 

मलाई रातभरि छट्पटि लाग्न सुरु भयो । बिहान खाना खाएर पार्टी गठन तिर लागें । नेताजि आउनु भयो । सबैले फुल-मालाले स्वागत गरे नेताजीलाई । 

सबैको मुखबाट स्वरमा स्वर मिलाएर भन्न थाले – हाम्रो पार्टी राम्रो पार्टी ~ जिन्दाबाद । केहि समयमै नेता जि को सम्बोधन यसरी सुरु भयो । 

… 

आदरणीय दाजुभाइ तथा दिदिबहिनीहरु !  

ल आउनुस अनि सुन्नुस । कुरो गर्दैछौं हामी, हाम्रै अधिकारको लागि ।

हाम्रो यो पार्टी राम्रो पार्टी हो सहयोग गर्नु होला । 

दाजुभाइ तथा दिदिबहिनीहरु हो, अघि सर्नु होला । 

पर्चा म आफै लेख्दछु तपाईहरु छर्नु होला ।। 

खरायोको खुट्टा हालि खुब दौडिनु होला। 

भाषण म दिन्छु हजुरहरु सुन्नु होला ।। 

साझ बिहान खाई-नखाई आन्दोलन गर्नु होला । 

पार्टीको लागि मर्नै पर्छ भने पनि मर्नु होला । 

सहिद हुने सम्मानमा नाम कोर्नु होला ।। 

आफ्नो पार्टी बलियो पार्न अनि हाम्रो नेपाललाइ सपार्न । चन्दा नदिने व्यक्तिहरुको घाटी निचोर्नु होला । 

जनतामा आपिल ।। 

कुरो बुज्नु हजुर । 

म चाही लिउला सिंहासन अनि हजुरलाई दिउला अस्वासन ।। 

कुरो बुज्नु हजुर । 

पार्टीको लागि मर्नै पर्छ भने पनि मर्नु होला । 

सहिद हुने सम्मानमा नाम कोर्नु होला ।।

सबैले ताली बजाए । नेताजि मख्ख । 

एकछिन पछी सदस्यताको नाममा मेरो नाम पनि लेखेर पार्टीको टिका लगाएर जागिरनै पाएझैँ फुरुक्क परेर घर फिर्छु । 

घर जाँदै गर्दा बाटोमा एक जना शिक्षक भेटिन्छन । 

कतावाट हो, साइला ? 

नमस्कार सर .. आरमै हुनुहुन्छ सर ? 

आरमै छु । कहाँबाट हो, रातै भएकोछौ त साइला ? 

हाम्रो पार्टीको जनसभामा गएर आको सर, अब पार्टी तिर लागिएको छ सर ।

हेर साइला बाबु आफ्नो काम गर २ छाक खाउ र आफ्नो परिवारलाई राम्रोसँग पाल त्यसैमा तिम्रो भलाई छ, यो नेपालको राजनितीको दल्दलमा नफस । तिमीजस्ता कमाई गरि खाने राम्रो ब्याक्ती राजनिती जस्तो फोहोरको जुठो खान किन जानु पर्यो ? यहाँ गणतन्त्रमा जिन्दबाद, मुर्दबाद भन्दै नेपाल बन्द गराउने बम फोड्ने एक अर्कोले एक अर्को नेपालीलाई मार्नेको कमि छैन, थाहा होला नि ? …पार्टीको हलोजुवामा धसिन मन लागेछ तिमीलाई ? 

सर्को कुरा सुनेर फेरी म दोधारमा परें अनि फेरि भनें – ‘यो हलोजुवा भन्ने कुन सब्द हो सर ?’ 

सरले भने – ‘हर्वाले हलो चलाउछ हर्वाको मालिक अरुनै हुन्छ । नेपालो राजनीति पनि त्यस्तै हो, हलो युवाले चलाउँछन तर मालिक अर्कै बन्छ ।’

सरको कुरापछि मलाई फेरी शिक्षकसँगनै भित्त्र-भित्त्र रिस उठ्न लाग्यो । 

यो शिक्षक हो कि अशिक्षक ? 

किन उल्टो उल्टो बोल्छ ? मैले फेरी बोले- सर किन र हजुरलाई राम्रो लागेन मैले राजनीति गरेको ? हामी सबै जनजाती थारु मुस्लिम महिला मधेसीको लागि अधिकार र पहिचान दिनका लागि हो भन्छन अधिकार दिन्छन् कि ?!

‘हाsहाsहा’ शिक्षकले गलल्ल हाँस्दै भने ‘ए…हो । ल सुन तिमीहरू को पहिचान के हो ? …यदि तिम्रो मनमा ‘म नेपाली हुँ’ भन्ने मात्र भावना छ भने तिमी नेपाली मात्र हौ । बाँकी यो-त्यो भन्ने कुरा त राजनीति गर्नेहरुको हतियार मात्र हो । सबै नेपाली भन्ने भावना जगाउनुको सट्टा यो र त्यो उपनाम दिएर शान्त नेपाललाई अशान्त बनाउने काम हुँदैछ, तिमी जस्ता युवाले यस्तो कुरा किन बुझ्दैनौ ? कसैको गुलामी नभएको नेपाल । सगरमाथाको देश, बुद्ध जन्मिएको देश, २२ से २४ से राज्यहरूको एकीकरण गरेर पृथ्वीनारायणले ‘४ जात ३६ बर्णको साझा फुलबारी हो, हामीले यो देश नेपाललाई स्वर्ग बनाई राख्नु पर्छ’ भनेर यो देश निर्माण गरे । हजारौं अङ्ग्रेजसेनाहरुलाई युद्धमा जितेर बहादुरीको पहिचान दिएको देश हो यो । मेरो जात मेरो धर्म, जाती-भाषा-धर्म-कर्म, यो जन्मसिद्ध अधिकार हो । यो न कसैले दिनुपर्नेछ, न कसैले लिनु पर्नेछ । यस्ता भाषणबादी परजीवीहरुले तिमीलाई अधिकार दिन्छ भन्नू र पैदल अमेरिका पुग्छु भन्नू उस्तै-उस्तै हो । 

मैले सोधें – ‘सर परजीवी भनेको केहो ?’ 

परजीवी भन्नाले — 

१. अरूका भरमा बाँच्ने; अर्काका आश्रयमा रहेको । 

२. आफ्नो स्वतन्त्र जरा नहुने (आकाशबेली भएपनि अरू वृक्षको बोक्राबाट रस चुसी-चुसी बाँच्ने ~ कीटाणु— अन्य प्राणीको शरीरको रगत आदि चुसेर बाँच्ने जुम्रा, चमजुम्रा, जुका, किर्ना आदिजस्ता कीटाणु ।

सरले फेरी थपे – ‘हर्वाको मालिक हो प्रभु, प्रभुको आशिर्वादले नेपालको राजनिती चलेको छ । 

मैले सोधें – यो प्रभु को हो सर ? 

उनले भने – प्रभु भनेको दिल्ली दरबार हो । 

फेरी मैले सोधें – अनि यतिका राजनिती पार्टी छन् सबैको मालिक दिल्ली हो र सर ? 

उनले भने – यसमा कुनै सन्देह छैन । 

दिल्लीले किन यतिका पार्टी पालेर राख्छ सर ? 

पाल्ने त तिमी-हामीले हो नि कुनै पार्टीमा आवद्ध भयएको मान्छे छ भने त्यसले कुनै जागीरे भएको देखिन्छ ? 

… कहाँबाट आउछ त पैसा सबैलाई ? 

… हा हा… हा… यति पनि थाहा छैन ? … कुरै नबुझी किन टीका लगाएको ? 

… कुराकानी जारी थियो … त्यतिकैमा मेरो फोन आयो । 

हेल्लो .. हेल्लो, सर म एन्सेलबाट ।

हजुरको लागि आज राम्रो प्रस्ताव छ, १८+२=२० रुपैयाँमा २०० एमबि लिनु होला ! १८ मा +२ चाही कर हो सर । 

मलाई झनक्क रिस उठ्यो ‘कस्तो करको कुरा गरेको ? तिम्रो कम्पनीले सरकारलाई ३५ अर्ब कर तिर्नुछ रे किन तिर्दैनौ ? हामीसंग चाही कर उठाउने अनि कर नतिर्ने ? 

उताबाट प्रतिक्रिया आउँछ – पैसा भएपो तिर्नु, कर तिर्ने र नाफा हुने सबै पैसा नेताहरुलाई चन्दा दिंदैमा ठिक हुन्छ, अनि कहाँ तिर्नु ? 

मैले भनें – ‘दिन्न भन्नू नि, हाम्रो जनताको पैसा नेता-कार्यकर्तालाई किन दिने ?’ 

‘नदिंदा कम्पनी चल्दैन अझ कहिले धम्कि दिएर भन्छन तेरो टावर जलाइदिउँ ? के गर्ने सर कुरो बुझ्नपर्छ । कम्पनीलाई पनि सजिलो कहाँ छ र ?’

शिक्षक मेरो कुरा सुन्दै थिए, 

‘ल भाइ मलाइ ढिलो हुँदैछ म लाग्छु, फेरि- भेटुला !  

म पनि घरतिर लागें । त्यो दिन अति नरमाइलो दिन भयो । राति निन्द्रानै लागेन, बिभिन्न सोचाईहरु मनमा आए । देशसँगै घर-परिवारको जिम्मेवारी छ भन्ने लाग्यो, सन्तान सम्झेर उनीहरुलाई कसरि उचित शिक्षा-दीक्षा दिने भन्ने कुराले मन पोल्न थाल्यो । मनमा झोला बोकेर फेरी बिदेशीनु पर्छ कि भन्ने कुराले समेत जन्म लियो । 

र त्यहि रात फेरी पुरानै निर्णय लिएँ – ‘विदेश जाने ।’

एकाबिहानै झोला बोकेर हिडेको मसँग हिजो मात्र पार्टीमा प्रवेस गराएका नेता भेटिन्छन् ।

कता हो, साइला भाइ, बिहान-बिहानै झोला बोकेर ? 

यसैगरी जीवन चल्ला जस्तो लाग्दैन दाजु, अब खाडीमुलुक जान लागेको ।  

उनले धेरै सान दिएर बोले – ‘किन बिदेश जनुपर्यो भाई । आउंदै गरेको चुनावमा भोट नदिइ किन बिदेश जाने ? तिम्रो एक भोटको कति खाँचो छ देशलाई, थाहा छ ? हिजो पार्टीको टीका लगाएर आजै बिदेश जान्छु भन्दैछौ नि किन हो ? 

मैले बोलें – मैले बुझिसके दाइ, पार्टी र भोटको बारेमा । 

के बुझ्यो र भाइ ? 

मैले भने – मन्दिर गएर घन्टा बजाउनु, चर्च गएर गितार बजाउनु र मस्जिद गएर माइक बजाउनुमा कुनै फरक छैन । ईश्वर एकै हुन् । नेपालका १०० भन्दा बढी  पार्टीमा जस्ले जिते पनि नेपाली जनताको भोटको कुनै मूल्याकंन छैन । आफ्नो देशको स्वार्थ नहेरी अराको इसारामा, व्यक्तिगत स्वार्थमा लागेर बिदेशीको इसारामा नाचिन्छन । चुनावको बहानामा अरबौ-अरब रकम खर्च गर्नु नेपालीहरुको दुर्भाग्य रहेछ …।

म फलाक्दै  आफ्नो बाटो लागें, उनि हेरिरहे… । 

मनमा देश र सन्तानको मायाँ हुँदा-हुँदै, यो देशको समृद्धिको सपना देख्दादेख्दै मलाई नियतिले फेरी पनि विदेश जान बाध्य पारेको थियो । पहिले विदेशबाट आएर आफ्नै माटो-हावा-पानीमा केहि गर्ने रहर फेरी अर्कैतिर मोडीदै थियो ।

गाउँबाट दशौ भ्रष्टहरुले बिकास गरेर एक बर्ष पनि नपुग्दै भत्किएका, धुलो उड्ने सडकहरुमा उचालिंदै र पछारिंदै म काठमाडौं पुगें । विदेशमा २ दिनमै फेरिने बिकास र आफ्नो देशको हरेक बर्ष बिकास हुँदै फेरी अविकसित बन्ने संरचना हेरेर आफैलाई धिक्कारें । 

वैदेशिक रोजगारदाता म्यानपावरमा पुगें ।

मैले पहिले विदेशमा ….. काम गरेको, मेरो लागि कुनै काम छ कि सर ? 

म्यानपावरका एक जनाले भने ‘ल ल भैहाल्छ नि ! म हजुरहरुकै लागि त यहाँ बसेको हु नि ।

मैले भनें – राम्रो काम मिलाउने कोसिस गर्नु होला सर, राम्रो कमाई हुने ठाउँमा ल । ल भिषा आएपछि खबर गर्छु । ल हस् त धन्यवाद । 

म्यानपावरबाट विदेश जाने प्रोसेस गरेर म गाउँ फर्किएँ । 

आखिर बिदेश नजाने भनेर फर्केको जानै पर्नेभो नि ! 

२ महिना बित्यो । विदेश छँदा २ बर्षजस्तो लाग्ने २ महिना नेपाल छँदा पत्तो नपाईबितेछ । फेरी उही परदेशको यात्र गर्ने दिन आउंदै थिए । 

मोबाईलमा फोन आयो । 

(म्यानपावरबाट) ल तपाइको भिषा आएको छ, भोलि पैसा समेत लिएर आउनुहोला । धन्यवाद । 

मेरी साईलीले म्यानपावरबाट आएको फोन सुनेकी थिई । जस्तै दु:खमा पनि केहिबेर अघिसम रमाईरहेकी साइलीको अनुहालमा एकाएक ग्रहणले छोपिए जस्तै लाग्यो । 

उनको दु:खको कारण बुझ्दा-बुझ्दै पनि साइलीलाई हेरेर मैले बोलें – ‘के भो एक्कासी अनुहार फेरियो नि !’ आफुलाई त फेरी कर्मभूमीले बोलायो । अब जानुपर्ने भईगयो । 

यस्तो लाग्यो – साइली भित्रभित्रै भक्कानिएर रुँदैछे । भित्री मनलाई बाँधेर जबर्जस्ति उसले मधुर स्वरमा बोली -‘अस्ति भर्खर आको फेरी जाने कुरा गर्नुहुन्छ ? अब त नजाने भनेको हैन र ?’

मैले बोलें – हो भनेको तर के गर्नु जबसम्म जीवन छ तबसम्म संघर्ष गर्नु छ, भैगो नि अब फेरी २ बर्ष बस्छु, समय छिट्टै गईहाल्छ नि, पैसा कमाउछु, अनि रमाउला नि । 

त्यो दिन रातभर हामी दुवै निदाएनौं । मध्ये राततिर साइली निदाएझैँ गर्थी, मपनि आँखा चिम्लेर निदाएझैँ गर्दै थिएँ तर बास्तवमा मनले निदाउनै दिईरहेको थिएन । मलिनो स्वरमा साइलीले बोली – अझै निदाउनु भएको छैन ? सुत्नु भोलि बिहानै उठ्नु पर्छ । 

मलाई यो रात कहिलै नसकिए नि हुने जस्तो लाग्दैथियो तर त्यो रात झन् आजसम्मकै छोटोजस्तो लाग्यो । 

बिहानै घरबाट बिदा भएँ ।

(लाजमाडौँ / धुलमाडौँ) काठमाडौं तिर प्रस्थान भएँ ।  लाजमान्डौ )को बसपार्कमा पुगेर नजिकैको मनि एक्सचेन्ज काउन्टरमा पुगेर सोधें – दाई साउदी रियल रेट कति होला ? 

कति चाहिने हो भाइलाइ ? 

२०० जति चाहियो । 

६ हजार २ सय लाग्छ दिउ ? 

नेटमा त २८.७५ छ, आजको मुल्य किन महँगो ? 

सरकारले दिएको रेटले कहाँ साटिन्छ भाई, विदेश जान जिरो कष्ट भन्छ, आजसम्म कोहि गएको छ जिरो कष्टमा ? 

उसैले मलाई प्रतिप्रश्न गरे । 

मैले केहि बोलिन । 

उसले भन्यो – चाहिए लैजाउ नत्र आफ्नो बाटो लाग ।

मैले जिज्ञाशा राखें – ‘सर उताबाट पैसा पठाउँदा नेटमा आजको मुल्य २८.९० छ भन्छ तर दिँदा २८.१५/२० मात्र दिन्छन् किन होला सर ? 

उसले झर्किदै बोल्यो – तिमीलाई थाहा छ, यतिका धेरै रेमिटेन्स कम्पनीहरु किन छन् नेपालमा ? 

मैले टाउको हल्लाएँ । – थाहा भएन सर किन होला ? 

आजको समयमा सबभन्दा भर्पर्दो कमाई हुने भनेको रेमिटेन्स कम्पनीमा नै हो, न कुनै लगानी न कुनै झन्झट । तिमीले विदेशबाट पठाइएको रकममा २८.१५ दिएर रेमिटेन्स कम्पनीले राष्ट्रबैंकसँग २८.९० को हिसाबले लिन्छ । 

मैले आवेगमा बोलें – लुट्नुको पनि सिमा हुन्छ नि सर ?

उसले आँखा तर्दै भन्यो – … तिमी आफ्नो बाटो लाग । 

मलाई उसँग झुक्नु बाध्यता थियो किनकी उसलाई लुट्ने लाइसेन्स सरकारले दिएको थियो – ल ठीकैछ सर दिनु २०० साउदी रियल । 

म मेनपावर पुगें ।  

सर नमस्कार । 

ए भाई तिमी आयौ ? …. सबै कागज तयार छ, ल भाइ पैसा निकाल । यो कागजमा सहि छाप लगाउ । 

पैसा कति दिने हो सर ? 

१ लाख १० हजार मात्र हो भाइ । अरुले १/५० सम्म तिरेका छन् तर तिमी सिधै मकहाँ आएकोले केहि छुट, तर अरुलाई नभन नि । 

तर यति धेरै लाग्छ ? सरकारले त जम्मा दश हजार मात्र भनेको थियो त सर ? 

धेरै बाठो नबन भाई, जसले नियम बनायो उसकै मान्छेले त यत्रै रकम तिरेर जान्छ तिमी को हौ ? यो देशमा नियमको कुरा घाममा सुकाईदेउ । जान मन छैन भने भिषा बापत तिमीले ३०/४० हजार बुझाएर पासपोर्ट लान सक्छौ । हामीलाई पनि बाध्यता छ भाई, म्यानपावर चलाउन र तिमी जस्ता हजारौंको भिषा निकाल्न भन्दै भित्र-भित्रै घुष नखुवाई बन्ने काम पनि बन्दैन । अरु त कुरा छोड सबै मिलाएर पठाउँदा समेत एयरपोर्टमा समेत सेटिङ्ग मिलाउनुपर्छ । हामीले दिने कमिसन मन्त्रीसम्मलाई पुग्छ । ल अब कुरा बुझेको हो भने पैसा निकाल भाई ।

अघिल्लो पल्ट ४ बर्षमा घर फर्केको मैले जेनतेन ३ लाख कमाएको थिएँ फेरी १ लाख १० हजार विदेश जानकै लागि बुझाएँ । 

…. (पैसा गन्दै) अनि सुन भाई ! एअरपोर्टमा कसैले सोधपुछ गरेर कति बुझायौ भन्दा  १० हजार मात्र बुझाएको भन्नु नि । नत्र फेरी फर्कनुपर्ला ।’

म त्यहाँबाट टीकट र राहदानी लिएर एअरपोर्ट तिर लागें । 

बिहान ९/१० बजेको समय थियो म्यानपावर नजिकै स्कुलमा राष्ट्रिय गान गुन्जियो ….  

सयौं थुँगा फूलका हामी, एउटै माला नेपाली

सार्वभौम भई फैलिएका, मेची-माहाकाली।

प्रकृतिका कोटी-कोटी सम्पदाको आंचल

वीरहरूका रगतले, स्वतन्त्र र अटल।

ज्ञानभूमि, शान्तिभूमि तराई, पहाड, हिमाल

अखण्ड यो प्यारो हाम्रो मातृभूमि नेपाल।

बहुल जाति, भाषा, धर्म, संस्कृति छन् विशाल

अग्रगामी राष्ट्र हाम्रो, जय जय नेपाल।

भित्रि मनले बोल्यो – ‘यी बालबालिकाहरुको भविष्य पनि मेरो जस्तै झोले नहोस् ।’ 

म मनमा कुरा खेलाउंदै एयरपोर्ट लागें । 

के लोकतन्त्रले हामीलाई आफ्नै मातृभूमीमा कर्मभुमी नदिएको हो ? म जस्ता लाखौं झोले युवाहरूलाई जन्मभूमिले ज्ञान् मात्र दिने हो ? कर्म अर्को भूमिले दिने हो ? 

प्रश्ननै प्रश्नले मनलाई थिचीरहेको थियो । कुनबेला ट्याक्सी चढे पत्तो पाइएन – ट्याक्सी आफ्नै गतिमा कुदि रहेको थियो । सीसाबाट बाहिरका दृश्यले नेपाल झन-झन्झन् प्यारो लागिरहेको थियो । एअरपोर्ट जाँदै गर्दा पशुपतिलाई आस्थापुर्वक ढोकेंर बर मागे -‘जय पसुपती नाथ मलाई मेरो कर्मभूमिमा कष्ट नहोस, यता मेरी साईली र मेरो घर-परिवारले कुनै कष्ट भोग्नु नपरोस ।’ 

पर्खी बस है साइली, 

धन कमाइ म आउँला, आएपछी हासी रमाउली 

बाकसमा आए साइली, जीवन भरी रुँदै बसौली …

– बिपीन बस्याल (हाल साउदी अरेबिया)

Share This Article
Facebook Email Copy Link Print
Previous Article कलाकार क्षेत्री रुँदै भन्छन् – ‘जिन्दगी यता न उता भयो’ (भिडियो सहित)
Next Article डडेल्धुराका ७ स्थानिय तहको प्रमुख पदका लागी को-को छन् चर्चामा ? (नामावाली सहित)
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

You must be logged in to post a comment.

You Might Also Like

काठमाडौँ - KTMनुवाकोट - NWKसमाज

नुवाकोटका दुई युवा सहित ३ जना पेस्तोलसहित नयाँ बसपार्कबाट पक्राउ

57 years ago
काठमाडौँ - KTMसमाज

मन भुलाउन जेलभित्रै अरु कैदीबन्दीहरुसँग क्रिकेट खेल्छन् सन्दीप

57 years ago
काठमाडौँ - KTMखेलकुद

अन्तिम १ बल बाँकी छँदा नेपालले जित्यो केन्या सँगको खेल

57 years ago
काठमाडौँ - KTMमुख्य समाचारराजनीति

रास्वपाले आगामी मंगलबारको संसद् बैठक सामान्य नहुने बताए

1 year ago
साझा सवाल

साझा सवाल — नेपाली समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी प्रदान गर्ने विश्वसनीय डिजिटल सञ्चार माध्यम।

  • ठेगाना: बालुवाटार, काठमाडौं, नेपाल
  • फोन नम्बर: +977-01-4412988 | +977-9802398980
  • इमेल: [email protected]
  • सूचना विभाग दर्ता नं.: २४२२-२०७७/२०७८

हाम्रो एप डाउनलोड गर्नुहोस्

GET IT ONGoogle Play Download on theApp Store

द्रुत लिंकहरू

  • गृहपृष्ठ
  • हाम्रो बारेमा
  • विज्ञापन
  • नियम र शर्तहरू
  • गोपनीयता नीति
  • सम्पर्क गर्नुहोस्
अध्यक्षअनिल अधिकारी
सम्पादकगोमा पण्डित
समाचार डेस्कमनिषा अधिकारी
अपडेट डेस्कदिपक महत+9779802398983

विज्ञापनको लागि

मार्केटिङ म्यानेजर सुरज अधिकारी मोबाइल: +977-9802398981
सम्पर्कको लागि मनोज अधिकारी मोबाइल: +977-9802398982
Copyright © साझा सवाल. सर्वाधिकार सुरक्षित।
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?