राजनीति | धनुषा - DNS


प्रदेश नं २ को सरकार भ्रष्टाचारमा लिप्त : पूर्वमन्त्री यादव

Posted on July 11, 2019 | views : 2372 | धनुषा - DNS

असार २६, जनकपुरधाम | पूर्वमन्त्री एवं नेपाली काङ्गे्रसका केन्द्रीय सदस्य महेन्द्र यादवले प्रदेश नं २ को सरकार भ्रष्टाचारमा लिप्त भएकाले छानविनका लागि अख्तियार दुरुपयोग अनुसन्धानलाई आग्रह गर्नुभएको छ । नेपाल प्रेस युनियन धनुषाद्वारा यहाँ आज आयोजित पत्रकार सम्मेलनमा उहाँले प्रदेश नं २ मा भ्रष्टाचार गर

Read More

हिन्दी सम्पर्क भाषा बनाउने प्रयास आपत्तिजनक

Posted on June 07, 2019 | views : 2346 | धनुषा - DNS

प्रदेश २ को सरकारद्वारा हिन्दी भाषालाई सम्पर्क भाषाका रूपमा विकास गर्ने नीति तथा कार्यक्रम प्रस्तुत गरिएकामा प्रतिपक्षी नेकपाका प्रदेशसभा सदस्यले आपत्ति जनाएका छन् । आर्थिक वर्ष ०७६÷०७७ का लागि प्रदेश सरकारको वार्षिक नीति तथा कार्यक्रममाथिको छलफलमा आज उहाँहरूले सरकारले मैथिली, भोजपुरीलगायतका भाषाको

Read More

प्रदेश २ का प्रमुखसँग राजदूतको भेटवार्ता

Posted on May 19, 2019 | views : 6059 | धनुषा - DNS

जेठ ५, धनुषा | प्रदेश नं २ का प्रदेश प्रमुख रत्नेश्वरलाल कायस्थ र नेपालका लागि बङ्लादेशका राजदूत मासफी विन्ते सामबीच आज शिष्टाचार भेटवार्ता भएको छ । करीब २५ मिनेटसम्म भएको सो भेटवार्तामा उहाँहरुबीच दुई देशको समसामयिक विषयमा कुराकानी भएको प्रदेश प्रमुखको निजी सचिवालयले जनाएको छ ।  सो अवसरमा राजद

Read More

प्रदेश २ को प्रदेशसभाको बैठक पुन: स्थगित

Posted on May 03, 2019 | views : 14271 | धनुषा - DNS

बैशाख २०, जनकपुर– लामो समयपछि बसेको प्रदेशसभाको वैठक पुनः अनिश्चितकालका लागि स्थगित भएको छ । प्रदेश नम्बर २ को प्रतिपक्षी नेपाल कम्युनिष्ट पार्टी र नेपाली काँग्रेसले प्रदेशसभा बैठक अवरुद्ध पारेपछि स्थगित भएको थियो ।  मुख्यमन्त्री लालबाबु राउत सरकारको काम कारबाहीको आलोचना गर्दै नेकपा र काँग्रेसल

Read More

फोरम प्रदेश नं २ को अध्यक्षमा विजय यादव निर्वाचित

Posted on April 30, 2019 | views : 5000 | धनुषा - DNS

बैशाख १७, काठमाण्डौ |सङ्घीय समाजवादी फोरम प्रदेश नं २ को अध्यक्षमा विजय यादव निर्वाचित हुनुभएको छ । फोरम प्रदेश नं २ को कार्यसमितिका लागि भएको मतदानमा फोरमका उपाध्यक्ष तथा पूर्वमन्त्री रेणु यादवलाई ३७ मतान्तरले पराजित गर्दै फोरमको केन्द्रीय कोषाध्यक्ष तथा प्रदेश नं २ का आर्थिक मामिला तथा योजनामन्त्र

Read More

तराई मधेशलाई समृद्धिको हिस्सेदार बनाउनुपर्छ: वरिष्ठ नेता पौडेल

Posted on March 28, 2019 | views : 2371 | धनुषा - DNS

चैत १४, जनकपुरधाम (रासस) | नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द पौडेलले तराई मधेशलाई पनि समृद्धिको हिस्सेदार बनाउनुपर्ने खाँचो औँल्याउनुभएको छ ।  नेपाल प्रेस युनियन धनुषाद्वारा आज जनकपुरधाममा आयोजित पत्रकार सम्मेलनमा उहाँले हिमाल, पहाड र तराईबीच पारस्परिक रूपमा एकताका आधारलाई बलियो बनाउनु जरु

Read More

प्रधानमन्त्रीको शुभकामना सन्देश: समृद्धिको मार्गमा अघि बढ्न आग्रह

Posted on March 20, 2019 | views : 102355 | धनुषा - DNS

चैत ६, काठमाडौँ (रासस) | प्रधानमन्त्री केपी शर्मा ओलीले आपसी वैमनस्यता र असमझदारी बिर्सेर समृद्धि र विकासको मार्गमा सरकारसँगै अघि बढ्न सम्पूर्ण नेपालीलाई आग्रह गर्नुभएको छ ।  फागु पूर्णिमाका अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उहाँले नेपाल आर्थिक सामाजिक रुपान्तरणमा द्रुत गतिमा अघि बढेको उल्ले

Read More

सरकारका लागि अहिले काम गर्ने उचित समयः नेता पौडेल

Posted on January 22, 2019 | views : 84858 | धनुषा - DNS

माघ ८, पाल्पा | नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले अहिले वर्तमान सरकारका लागि काम गर्ने उचित समय भएको बताउनुभएको छ ।  प्रेस युनियन पाल्पा शाखाद्वारा आज तानसेनमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेता पौडेलले वर्तमान सरकार अघिल्ला सरकारले सम्पन्न गरेका आयोजनाको उद्घाटनमा व्यस्त रहेको

Read More

प्रदेश २ का मन्त्रीद्वारा कर्यकक्षमै सचिव कुटिए

Posted on January 13, 2019 | views : 6060 | धनुषा - DNS

पुस २९, जनकपुर ।  प्रदेश २ का आर्थिक मामिला तथा योजनामन्त्री विजय यादवले सचिवमाथि हातपात गरेका छन् । आइतबार मन्त्री यादवले उद्योग वन, पर्यटन तथा वातावरण मन्त्रालयका सचिव विद्यानाथ झालाई आफ्नै कार्यकक्षमा बोलाएर कुटपिट गरेका हुन् । कुटाई खाने सचिवलाई प्रहरीले उल्टै नियन्त्रणमा लिएको छ ।  सं

Read More

प्रदेश २: राजधानी र नामबारे सुझाव सङ्कलन शुरु, राजधानी वीरगञ्ज हुनुपर्ने सुझाव

Posted on December 06, 2018 | views : 11609 | धनुषा - DNS

मङ्सिर २०, वीरगञ्ज (रासस) | प्रदेश २ को स्थायी राजधानी र नामाङ्कनलाई लिएर विवाद उत्पन्न भएपछि प्रदेश नं २ को सरकारले गठन गरेको संवाद तथा सुझाव आयोग टोली आज पर्साको सदरमुकाम वीरगञ्ज आइपुगेको छ ।  हरिवंश झाको संयोजकत्वमा गठित तीन सदस्यीय सो आयोगको सदस्यमा रामप्रवेश बैठा र मोहनलाल चौधरी रहेका छन्

Read More

नेकपाको सातै प्रदेश कमिटीले पायो पूर्णता (सूची सहित)

Posted on December 03, 2018 | views : 56981 | धनुषा - DNS

मंसिर १७, काठमाडौँ (रासस) | नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले प्रदेश कमिटीमा रहने सदस्यको नामावली आज सार्वजनिक गरेको छ ।  नेकपाका महासचिव विष्णुप्रसाद पौडेलले आज सात वटै प्रदेश कमिटीमा रहने सदस्यको नामावली सार्वजनिक गर्नुभएको हो । यही मङ्सिर १२ गते बसेको नेकपा सचिवालयको बैठकले प्रदेश कमिटी सदस्

Read More

सरकारलाई गम्भीर बन्न सुझाव

Posted on October 22, 2018 | views : 2135 | धनुषा - DNS

कात्तिक ५, विराटनगर | नेपाली काङ्ग्रेसका उपसभापति विमलेन्द्र निधिले वर्तमान सरकार दुई तिहाइ बहुमतको भएकाले यसलाई निरर्थक हुन नदिन सरकार गम्भीर बन्नुपर्ने बताउनुभएको छ ।  विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले सरकारलाई जनताका पक्षमा तल्लीन भएर काम गर्न सुझाव दिनुभयो ।  उहा

Read More

नेकपाः प्रदेशसभा संसदीय दलको नेता चयनका लागि सहमतिको प्रयास

Posted on October 08, 2018 | views : 2761 | धनुषा - DNS

असोज २२, जनकपुरधाम (रासस) | नेकपा प्रदेश नं २ को समितिका संयोजक प्रभु साहले प्रदेशसभाको संसदीय दलको नेता चयनका लागि सहमतिको प्रयास जारी रहेको बताउनुभएको छ ।  समितिद्वारा आज आयोजित पत्रकार सम्मेलनमा साहले पूर्वएमाले र माओवादीका संसदीय दलका सचेतकबीच सहमतिको प्रयास जारी छ भन्नुभयो ।  प्रदेशसभ

Read More

प्रदेशसभाको बैठक पाँच मिनेटमै सकियो

Posted on October 04, 2018 | views : 2858 | धनुषा - DNS

असोज १८, धनुषा (रासस) | प्रदेश नं. २ प्रदेशसभा बैठक शुरु भएको पाँच मिनेट मै सकिएको छ ।  प्रदेश सरकारले बिजनेस दिन नसकेपछि करीब एक महिनापछि आज बसेको प्रदेशसभाको बैठक पाँच मिनेटमै सकिएको हो ।  बैठकमा आन्तरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्रकुमार यादवले गाउँ र नगरसभा कानून निर्माण तथा करार

Read More

प्रदेश नं २ को दुई विधयेकमा सैद्धान्तिक सहमति

Posted on July 27, 2018 | views : 1805 | धनुषा - DNS

साउन ११, जनकपुरधाम | प्रदेश नं २ को सरकारले ‘दलित सशक्तीकरण’ र ‘मदरसा शिक्षा बोर्ड गठन’ सम्बन्धी विधेयकमा सैद्धान्तिक सहमति प्रदान गरेको छ ।  दलितको आर्थिक, सामाजिक र शैक्षिक अवस्था उकास्न दलित सशक्तीकरण विधेयक तथा मुस्लिम समुदायले सञ्चालन गर्दै आइरहेको मदरसा शिक्षालाई व्यवस्थित गर्दै राज्यको म

Read More

नेपाल–भारत मैत्री जनकपुर–अयोध्या बस सेवा शुभारम्भ

Posted on May 11, 2018 | views : 2356 | धनुषा - DNS

वैशाख २८ जनकपुरधाम | प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त रुपमा आज जानकी मन्दिर परिसरमा रामायण सर्किटको घोषणा गर्नुभयो ।  यसैगरी दुबै देशका प्रधानमन्त्रीले आजै जानकी मन्दिर परिसरमा संयुक्त रुपमा हरियो झण्डा देखाएर नेपाल–भारत मैत्री बस सेवा जनकपुर–अयोध्या–ज

Read More

भारतीय प्रधानमन्त्री मोदीले आगन्तुक पुस्तिकामा यस्तो लेखे

Posted on May 11, 2018 | views : 3259 | धनुषा - DNS

वैशाख २८ जनकपुर | भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले जनकपुरधामको यात्रा गर्ने आफ्नो भित्री पुरानो इच्छा आज पूरा भएको बताए। जानकी मन्दिरमा विशेष पूजा सकिएपछी आगन्तुक पुस्तिकामा हस्ताक्षर गर्दै उनले भारत र नेपालको जनताको मनमा बिशेष महत्व राख्ने यस तिर्थस्थलको यात्रा उनका लागि स्मरणीय अनुभव भएको

Read More

भारतीय प्रधानमन्त्री मोदीलाई जनकपुरमा स्वागत

Posted on May 11, 2018 | views : 2063 | धनुषा - DNS

वैशाख २८ जनकपुर | नेपालको दुईदिने राजकीय भ्रमणका लागि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी धनुषा जिल्लाको जनकपुर आइपुग्नुभएको छ ।  एअर इन्डियाको विशेष विमानबाट भारतको पटना हुँदै प्रधानमन्त्री मोदी आज बिहान १०:४५ बजे जनकपुर विमानस्थलमा आइपुग्नुभएको हो । उहाँलाई रक्षामन्त्री ईश्वर पोखरेल, प्रदेश नं

Read More

मोदी आउँदा जनकपुरमा मास्क लगाएर हिँड्न प्रतिबन्ध, प्रदेश २ मा भोलि सार्वजनिक विदा

Posted on May 10, 2018 | views : 2333 | धनुषा - DNS

वैशाख २७, जनकपुरधाम । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आएका बेला जनकपुरमा मास्क लगाएर हिँड्न निषेध गरिएको छ । जिल्ला प्रहरी कार्यालयले जानकी मन्दिर, बाह्रविघा मैदानको १०० मिटर क्षेत्र र जनकपुर विमानस्थलदेखि बाह्र विघा मैदानको सडक छेउछाउमा धारिलो वस्तु, हेलमेट, झोला, पोका र मास्क लगाएर हिँड्न निषेध

Read More

प्रदेश नं २ मा थप आठ दिन सार्वजनिक बिदा

Posted on April 23, 2018 | views : 4149 | धनुषा - DNS

वैशाख १० धनुषा | संघीय सरकारले तोकेबाहेक प्रदेश नं २ मा थप आठ दिन सार्वजनिक बिदा हुने भएको छ ।  प्रदेश नं २ मा मनाइने विभिन्न पर्व र दिवसमा सरकारले बिदा दिने निर्णय गरेको छ । प्रदेश सरकारको सो निर्णयबमोजिम वैशाख ११ गते जनकपुरमा मनाइने जानकी नवमीको बिदा हुने भएको छ ।  आन्तरिक मामिला तथा कान

Read More

प्रधानमन्त्रीको आलोचना गर्दा प्रदेश २ को संसदमा हंगामा

Posted on April 08, 2018 | views : 2615 | धनुषा - DNS

चैत २५, जनकपुरधाम । प्रदेश नम्वर २ को संसदमा प्रधानमन्त्री केपी शर्मा ओलीको आलोचना गर्दा प्रदेश २ को हंगामा भएको छ । प्रदेशसभा बैठकमा माओवादी सांसद जगत यादवले वाम गठबन्धनबाट प्रधानमन्त्री बनेका केपी शर्मा ओलीको आलोचना गरेपछि एमाले संसदहरुले बिरोध गरेका थिए । उनले एक मधेस प्रदेश बनाउनु पर्ने र स

Read More

प्रदेश २ लाई प्राविधिक शिक्षाको हव बनाउनुपर्छः मुख्यमन्त्री राउत

Posted on April 04, 2018 | views : 1545 | धनुषा - DNS

चैत २१, धनुषा | मुख्यमन्त्री लालबाबु राउतले प्रदेश नं २ लाई प्राविधिक शिक्षाको हव बनाउने दिशामा आफूहरु उन्मुख रहेको बताउनुभएको छ ।  सामाजिक विकास मन्त्रालयले आज जनकपुरमा आयोजना गरेको संघीयतामा शैक्षिक कार्यदिशा, संगठन तथा जिम्मेवारी विषयक अन्तक्र्रिया कार्यक्रममा उहाँले भन्नुभयो – “पारम्पारिक श

Read More

प्रदेश २ का मुख्यमन्त्री र मन्त्रीलार्ई कार्यक्रममै भ्याइनभ्याइ

Posted on March 28, 2018 | views : 1449 | धनुषा - DNS

अजयकुमार साह/चैत्र १४, धनुषा | प्रदेश २ का मुख्यमन्त्री र मन्त्रीलार्ई सभा, गोष्ठी र उद्घाटन कार्यक्रमले भ्याइनभ्याइ भएको छ । मुख्यमन्त्री भएको ४३ दिनमा मोहम्मद लालबाबु राउत गद्दीले यस्ता सभा, गोष्ठी र उद्घाटन जस्ता ५० भन्दा बढी कार्यक्रममा सहभागिता जनाइसकेका छन् ।  यसरी हेर्दा मुख्यमन्त्री र म

Read More

बन्द उद्योग पुनःसञ्चालनमा ल्याउछौ: उद्योगमन्त्री यादव

Posted on March 02, 2018 | views : 1930 | धनुषा - DNS

फागुन १८, धनुषा | उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मातृकाप्रसाद यादवले बन्द उद्योग तथा कलकारखाना पुनःसञ्चालनमा ल्याउनका लागि पहल गर्ने बताउनुभएको छ ।  नेकपा (माओवादी केन्द्र) धनुषाले होली पर्वको अवसरमा आज जनकपुरमा होली पर्वको अवसरमा आयोजना गरेको शुभकामना आदानप्रदान एवं सम्मान कार्यक्रमलाई सम्

Read More

मुख्यमन्त्री राउतद्वारा ११ बुँदे प्रतिबद्धता पत्र सार्वजनिक

Posted on February 26, 2018 | views : 1793 | धनुषा - DNS

फागुन १४, धनुषा । प्रदेश नं २ का मुख्यमन्त्री मोहम्मद लालबाबु राउत गद्दीले सुशासन कायम गर्नका लागि ११ बुँदे प्रतिबद्धता पत्र सार्वजनिक गर्नुभएको छ ।  मुख्यमन्त्री राउतले आज मुख्यमन्त्री निवासमा आयोजना गर्नुभएको पत्रकार सम्मेलनमा प्रदेश नं २ मा सुशासन कायम गर्नका लागि उक्त प्रतिबद्धता जारी गर्नु

Read More

चुरोट कारखानाको भवनमा प्रदेश २ का मन्त्रालयहरु स्थापना

Posted on February 25, 2018 | views : 2159 | धनुषा - DNS

फागुन १३, महेन्द्रनगर | जनकपुर उपमहानगरपालिकास्थित जनकपुर चुरोट कारखाना (जचुकाली) को प्रांगण भित्रको भवनमा प्रदेश २ का मन्त्रालयहरु स्थापना गरिएको छ ।  जचुकालीको चार तल्ले अधिकृत निवास भवनमा प्रदेश २ का चारवटा मन्त्रालय स्थापना गरिएको छ । जसको पहिलो तल्लामा सामाजिक विकास, दोस्रोमा आर्थिक मामिला

Read More

प्रदेशको उन्नतिका लागि सबै एकजुट हुनुपर्छ: मुख्यमन्त्री राउत

Posted on February 22, 2018 | views : 1868 | धनुषा - DNS

फागुन १०, धनुषा | प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले प्रदेशको उन्नतिका लागि सबै एकजुट हुनुपर्ने बताउनुभएको छ ।  आज प्रदेशसभामा विश्वासको मत माग्ने क्रममा मुख्यमन्त्री राउतले बाहिर जुनसुकै पार्टी भए पनि प्रदेशको उन्नतिका लागि आज सबैले प्रतिज्ञा गर्नुपर्ने बताउनुभयो ।  उहाँले भन्नुभय

Read More

प्रदेश नं २ को उपसभामुखमा देव निर्वाचित

Posted on February 16, 2018 | views : 1698 | धनुषा - DNS

फागुन ४, जनकपुरधाम | प्रदेश नं २ को प्रदेशसभा उपसभामुखमा संघीय समाजवादी फोरम नेपालका प्रदेशसभा सदस्य उपमाकुमारी देव आज निर्विरोध निर्वाचित हुनुभएको छ ।  उहाँ सप्तरी जिल्लाबाट समानुपातिक प्रदेशसभा सदस्य हुनुहुन्छ । सभामुख सरोजकुमार यादवले प्रदेशसभा उपसभामुखमा एक मात्र प्रस्तावको सूचना प्राप्त भए

Read More