२०८२, १० चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

धनुषा - DNS

प्रदेश २ लाई प्राविधिक शिक्षाको हव बनाउनुपर्छः मुख्यमन्त्री राउत

२०७४, २१ चैत्र बुधबार ०८:४४

चैत २१, धनुषा | मुख्यमन्त्री लालबाबु राउतले प्रदेश नं २ लाई प्राविधिक शिक्षाको हव बनाउने दिशामा आफूहरु उन्मुख रहेको बताउनुभएको छ । 

सामाजिक विकास मन्त्रालयले आज जनकपुरमा आयोजना गरेको संघीयतामा शैक्षिक कार्यदिशा, संगठन तथा जिम्मेवारी विषयक अन्तक्र्रिया कार्यक्रममा उहाँले भन्नुभयो – “पारम्पारिक शिक्षाले प्रदेशको मुहार फेर्न नसकिने भएकाले अबका दिनमा प्राविधिक शिक्षामा जोड दिने नीति प्रदेश सरकारले लिइनेछ ।” 

मुख्यमन्त्री राउतले प्राविधिक शिक्षा प्राप्त गर्ने नागरिक आफैंमा दक्ष हुने र त्यसले प्रदेश तथा मुलुकलाई नै फाइदा पुर्याउने भएकाले प्रदेश सरकारले आफनो नीति तथा कार्यक्रममा यसलाई प्राथमिकतामा राखेको चर्चा गर्दै यस प्रदेशका कलेज राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा ख्याती प्राप्त गरेको विगतका इतिहासलाई अहिले पनि निरन्तरता दिइनुपर्नेमा जोड दिनुभयो । 

प्रदेश नं २ मा मात्र दुई लाख भन्दा बढी बालबालिका विद्यालय भन्दा बाहिर रहेको उदेक लाग्दो तथ्यांक छ भन्दै उहाँले सबै बालबालिकालाई विद्यालयमा पुर्याउन प्रदेश सरकारले आफ्नो सय दिने कार्यक्रममा ‘बेटी पढाउ बेटी बचाउ,’ दलित बालबालिकाका लागि विशेष शिक्षा योजना सहितको कार्यक्रम ल्याएकाले त्यसको सफल कार्यान्वयनमा लाग्न सम्बन्धित अधिकारीलाई निर्देशन पनि दिनुभएको हो । 

सामाजिक विकासमन्त्री नवलकिशोर साहको अध्यक्षतामा भएको उक्त कार्यक्रममा प्रदेशका मुख्य सचिव राजेश्वरमान सिंह, क्षेत्रीय शिक्षा निर्देशक दिनेश श्रेष्ठ, शिक्षा विभागका निर्देशक केशव दाहाल र सामाजिक विकास मन्त्रालयका सचिव डा किरण रुपाखेतीलगायत वक्ताले शिक्षाको महत्व, अवसर र चुनौतीको विविध पक्षमाथि प्रकाश पार्नुभयो । रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्यांकरले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटको आजको सुनुवाइ हेर्दाहेर्दैमा लागू औषधसहित थाई नागरिक विमानस्थलबाट पक्राउ महिला हिंसाविरुद्ध माइतीघरमा प्रदर्शन मलद्वारमा लागु औषध लुकाउने दुई पक्राउ बझाङमा भूकम्पको धक्का कांग्रेसले फेरि बोलायो केन्द्रीय समिति बैठक मोबाइल फोनबाट साढे ५ अर्ब बढी राजस्व संकलन इनिशा विकको न्याय माग्दै माइतीघरमा हस्ताक्षर संकलन न्युयोर्कमा विमान दुर्घटना, उडानहरू प्रभावित रवि लामिछानेको मुद्दा फिर्ताविरुद्ध रिटमा आज फेरि सुनुवाइ चोरीमा संलग्न रहेको अभियोगमा दुईजना पक्राउ आयोगले दिएको प्रतिवेदन सार्वजनिक गर्नु सरकारको दायित्व र जिम्मेवारी दुवै हो: प्रदीप पौडेल सुनचाँदीको मूल्यमा निरन्तर गिरावट कुवेत ट्रान्जिटमा अलपत्र ३३ नेपाली साउदीमार्फत गन्तव्यतिर प्रस्थान सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन