१२ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

धनुषा - DNS

प्रदेश २ लाई प्राविधिक शिक्षाको हव बनाउनुपर्छः मुख्यमन्त्री राउत

२१ चैत्र २०७४, बुधबार ०८:४४

चैत २१, धनुषा | मुख्यमन्त्री लालबाबु राउतले प्रदेश नं २ लाई प्राविधिक शिक्षाको हव बनाउने दिशामा आफूहरु उन्मुख रहेको बताउनुभएको छ । 

सामाजिक विकास मन्त्रालयले आज जनकपुरमा आयोजना गरेको संघीयतामा शैक्षिक कार्यदिशा, संगठन तथा जिम्मेवारी विषयक अन्तक्र्रिया कार्यक्रममा उहाँले भन्नुभयो – “पारम्पारिक शिक्षाले प्रदेशको मुहार फेर्न नसकिने भएकाले अबका दिनमा प्राविधिक शिक्षामा जोड दिने नीति प्रदेश सरकारले लिइनेछ ।” 

मुख्यमन्त्री राउतले प्राविधिक शिक्षा प्राप्त गर्ने नागरिक आफैंमा दक्ष हुने र त्यसले प्रदेश तथा मुलुकलाई नै फाइदा पुर्याउने भएकाले प्रदेश सरकारले आफनो नीति तथा कार्यक्रममा यसलाई प्राथमिकतामा राखेको चर्चा गर्दै यस प्रदेशका कलेज राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा ख्याती प्राप्त गरेको विगतका इतिहासलाई अहिले पनि निरन्तरता दिइनुपर्नेमा जोड दिनुभयो । 

प्रदेश नं २ मा मात्र दुई लाख भन्दा बढी बालबालिका विद्यालय भन्दा बाहिर रहेको उदेक लाग्दो तथ्यांक छ भन्दै उहाँले सबै बालबालिकालाई विद्यालयमा पुर्याउन प्रदेश सरकारले आफ्नो सय दिने कार्यक्रममा ‘बेटी पढाउ बेटी बचाउ,’ दलित बालबालिकाका लागि विशेष शिक्षा योजना सहितको कार्यक्रम ल्याएकाले त्यसको सफल कार्यान्वयनमा लाग्न सम्बन्धित अधिकारीलाई निर्देशन पनि दिनुभएको हो । 

सामाजिक विकासमन्त्री नवलकिशोर साहको अध्यक्षतामा भएको उक्त कार्यक्रममा प्रदेशका मुख्य सचिव राजेश्वरमान सिंह, क्षेत्रीय शिक्षा निर्देशक दिनेश श्रेष्ठ, शिक्षा विभागका निर्देशक केशव दाहाल र सामाजिक विकास मन्त्रालयका सचिव डा किरण रुपाखेतीलगायत वक्ताले शिक्षाको महत्व, अवसर र चुनौतीको विविध पक्षमाथि प्रकाश पार्नुभयो । रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह