२०८२, ११ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

धनुषा - DNS

नेकपाः प्रदेशसभा संसदीय दलको नेता चयनका लागि सहमतिको प्रयास

२०७५, २२ आश्विन सोमबार १६:५०

असोज २२, जनकपुरधाम (रासस) | नेकपा प्रदेश नं २ को समितिका संयोजक प्रभु साहले प्रदेशसभाको संसदीय दलको नेता चयनका लागि सहमतिको प्रयास जारी रहेको बताउनुभएको छ । 

समितिद्वारा आज आयोजित पत्रकार सम्मेलनमा साहले पूर्वएमाले र माओवादीका संसदीय दलका सचेतकबीच सहमतिको प्रयास जारी छ भन्नुभयो । 

प्रदेशसभा सदस्य रामचन्द्र मण्डलले सहमति नभए चुनावी प्रक्रियाबाट संसदीय दलको नेता चयन गरिने बताउँदै अहिले प्रदेशको विधान तयार पार्ने कार्यलाई प्राथमिकता दिएर अगाडि बढिरहेको जानकारी दिनुभयो । 

यसैबीच जिल्ला तहमा पार्टी एकीकरणका लागि कार्यदल गठन गरिएको बताइएको छ । कार्यदलमा धनुषा जिल्लाका लागि श्रवण यादव, रामचन्द्र मण्डल, श्रीप्रसाद साह र राजकिशोर साह तथा महोत्तरी जिल्लामा योगनारायण यादव, शौखीलाल यादव, राजु खड्का र तुलसा ढुङ्गाना रहनुभएको छ । 

त्यस्तै सर्लाही जिल्लाका लागि कमलादेवी महतो, रेवती पन्त र शिवपूजन यादव तथा सिरहा जिल्लाका लागि लीलानाथ श्रेष्ठ, प्रमोद यादव र अजयशङ्कर नायकलाई कार्यदलमा राखिएको छ । पर्सा जिल्लाका लागि रामचन्द्र साह, प्रभु हजरा, विजय महतो र छोटेलाल यादव तथा बारा जिल्लाका लागि गोपाल ठाकुर, क्षेत्रबहादुर श्रेष्ठ, बलवीर चौधरी र सुन्दर विश्वकर्मा कार्यदलमा हुनुहुन्छ । 

रौतहट जिल्लाका लागि युवराज भट्टराई, उपेन्द्र साह, कल्याण खड्का र कमल यादव तथा सप्तरी जिल्लाका लागि अशोक मण्डल, महेश यादव, रामप्रीत पासवान र गोविन्द न्यौपानेलाई कार्यदलमा राखिएको छ ।

एक प्रश्नको जवाफमा संयोजक साहले पूर्वएमाले र माओवादी दुवै दलबाट पर्ने गरी कार्यदल गठन गरिएको बताउनुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सामाखुसी स्थित प्रहरी कल्याणकारी पेट्रोल पम्प मूल्यवृद्धिको सूचना लगत्तै बन्द ! कांग्रेसको १५ औं महाधिवेशन असोजको १६ गतेदेखि १९ गतेसम्म यथाशीघ्र भाडा समायोजन नगरे देशभरका यातायात सेवा प्रभावित हुने महासंघको चेतावनी पहिरोमा पुरिएर एक जनाको मृत्यु, स्काभेटर चालक बेपत्ता मलेसियामा आफ्नै साथीको चक्कु प्रहारबाट सल्यानका युवकको मृत्यु छ महिनाभित्रै निर्वाचन गराउने कार्य सहज थिएन : प्रधानमन्त्री कार्की ठमेलमा यौनधन्दा गर्दै आएका २० विदेशी महिला पक्राउ बालेनले शुक्रबार मध्याह्न साढे १२ बजे शपथ लिने कर्णाली प्रदेशमा भोलि सार्वजनिक बिदा हामी सडकबाट सशक्त रूपमा सरकार चलाउने छौं: कुलमान घिसिङ कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सुरु अर्जुननरसिंह केसीले गरे पदभार ग्रहण रवि लामिछानेलाई अमेरिकाले दियो बधाई राष्ट्रपतिबाट प्रतिनिधि सभाका ज्येष्ठ सदस्य केसीले लिए शपथ पूर्वसांसद गोविन्दविक्रम शाहको निधन कुवेत विमानस्थलमा इरानी ड्रोन आक्रमण सुनचाँदीको मुल्य बढ्यो एसईईमा सहभागी हुने विद्यार्थी घटे रवि लामिछानेकाे मुद्दा आज पनि हेर्दाहेर्दैमा आयल निगमले एक सातापछि भरी सिलिन्डर ग्यास बिक्री गर्ने