२०८२, १३ फाल्गुन बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

धनुषा - DNS

प्रदेश नं २ को सरकार भ्रष्टाचारमा लिप्त : पूर्वमन्त्री यादव

२०७६, २६ असार बिहीबार १०:३०

असार २६, जनकपुरधाम | पूर्वमन्त्री एवं नेपाली काङ्गे्रसका केन्द्रीय सदस्य महेन्द्र यादवले प्रदेश नं २ को सरकार भ्रष्टाचारमा लिप्त भएकाले छानविनका लागि अख्तियार दुरुपयोग अनुसन्धानलाई आग्रह गर्नुभएको छ ।

नेपाल प्रेस युनियन धनुषाद्वारा यहाँ आज आयोजित पत्रकार सम्मेलनमा उहाँले प्रदेश नं २ मा भ्रष्टाचार गर्न मन्त्रीमन्त्रीबीच प्रतिस्पर्धा भइरहेको उल्लेख गर्दै विगतमा जिल्ला विकास समितिमा असारमा बजेट विनियोजन र खर्च गर्ने प्रवृत्तिलाई प्रदेश नं २ को सरकारले पुनरावृत्ति गरेको बताउनुभयो ।

केन्द्रीय सदस्य यादवले उपभोक्ता समितिमार्फत सरकारले पार्टीका कार्यकर्ता, छोरा र नातागोतालाई कमाउने अवसर प्रदान गरेको आरोप लगाउँदै जेठ ३१ गतेसम्म रु पाँच अर्ब ७३ करोड ५८ हजार अर्थात् कूल बजेटको ११ प्रतिशत मात्र खर्च गर्न सकेको सरकारले असार महिनाको २३ दिनमा रु चार अर्ब ३१ करोड ३२ लाख ३८ हजार ४९१ अर्थात् कूल बजेटको २४ दशमलव ६९ प्रतिशत बजेट खर्च गरी भ्रष्टाचार गरेको तथ्य प्रस्तुत गर्नुभयो ।

एक प्रश्नको जवाफमा उहाँले २३ दिनमा अनियमित ढङ्गले बजेट खर्च गर्नेमा नेपाली काङ्गे्रसका प्रदेशसभा सदस्य छन् भने त्यसको पनि छानविन हुनुपर्दछ भन्नुभयो । केन्द्रीय सदस्य यादवले प्रदेश नं २ मा जनताको सरकार नभई ठेकेदारको सरकार भएको अवस्था रहेको टिप्पणी पनि गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा वैदेशिक व्यापारका सात महिना : ९ खर्ब ५० अर्ब घाटा फागुन २१ पछि पहिलो पार्टी बन्ने एमालेको दाबी देश लुट्नेहरूलाई भाग्न पर्ने ठाउँमा पुर्‍याउने काम गर्‍यौँ: रवि लामिछाने