२०८२, १० फाल्गुन आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मुख्यमन्त्री राउतद्वारा ११ बुँदे प्रतिबद्धता पत्र सार्वजनिक

२०७४, १४ फाल्गुन सोमबार १०:०४

फागुन १४, धनुषा । प्रदेश नं २ का मुख्यमन्त्री मोहम्मद लालबाबु राउत गद्दीले सुशासन कायम गर्नका लागि ११ बुँदे प्रतिबद्धता पत्र सार्वजनिक गर्नुभएको छ । 

मुख्यमन्त्री राउतले आज मुख्यमन्त्री निवासमा आयोजना गर्नुभएको पत्रकार सम्मेलनमा प्रदेश नं २ मा सुशासन कायम गर्नका लागि उक्त प्रतिबद्धता जारी गर्नुभएको हो । 

उक्त प्रतिबद्धता पत्रमा प्रदेशभित्र पूर्ण रुपमा सुशासन कायम गरिने, भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता अपनाइने, नीतिगत रुपमा गरिने भ्रष्टाचार स्वीकार्य नहुने, प्रदेशको दैनिक प्रशासनमा ढिलासुस्ती सहन गर्न नसकिने, प्रदेशका सेवाग्राही जनतालाई सरकारी कर्मचारीले २४ घण्टाभित्र काम पूरा गर्नुपर्ने, सेवाग्राहीको हितलाई ध्यानमा राखेर प्रदेश मुख्यमन्त्रीको कार्यालय मातहत हेल्लो प्रदेश सरकारको स्थापना गरिने त्यसका लागि निःशुल्क टेलिफोन सेवापछि सार्वजनिक गरिने र प्रदेशको कर्मचारीले राष्ट्रसेवक कर्मचारी भनेको जनताको सेवक हो भन्ने सन्देश जनतामा प्रवाहित गर्ने कुरा उल्लेख गरिएको छ । 


प्रतिबद्धता पत्रमा इमेल [email protected] लगायत अन्य विद्युतीय माध्यमबाट समेत जनताले आफ्ना गुनासा सिधै मुख्यमन्त्री कार्यालयमा टिपाउन सक्ने र इमेलबाट प्राप्त जनताका गुनासा उपर कार्वाही भए नभएको जानकारी उजुरीकर्तालाई दिइने, ‘जनतासँग मुख्यमन्त्री’ कार्यक्रममार्फत जनतासँग प्रत्यक्ष संवाद हुने खालका कार्यक्रमका लागि सञ्चारमाध्यम प्रयोग गरी सञ्चालन गरिने बताइएको छ । 

त्यसैगरी प्रदेशका विभिन्न ठाउँ जस्तै गाउँपालिका, नगरपालिका, वडा तथा टोललगायत विभिन्न ठाउँमा मुख्यमन्त्री जनताको घरदैलोमा गई प्रदेश सरकारप्रति रहेका गुनासा सुन्ने र उक्त गुनासाको सम्बोधन गर्ने प्रयास गरिने कुरा प्रतिबद्धता पत्रमा उल्लेख छ । 

प्रदेशका जनतालाई दैनिक उपभोग्य वस्तु र सेवामा हुने कालाबजारी वा महँगी नियन्त्रणका लागि प्रभावकारी रुपमा बजार भाउको अनुगमन गरिने, अवैध रुपमा भइरहेको मदिरा बेचबिखन तथा सेवनलाई आवश्यक नीति बनाई नियन्त्रित गरिने र वन्य जन्तु तस्करी, प्राकृतिक स्रोत साधन दोहन तथा वन फँडानी कार्यलाई तत्कालन रोकिने कुरा प्रतिबद्धता पत्रमा उल्लेख छ । 

मुख्यमन्त्री राउतले प्रदेशको विकासका लागि पाँच ‘स’ का साथ अगाडि बढ्ने बताउनुभएको छ । उहाँले सुशासन, शिक्षा, स्वास्थ्य, सडक र सिँचाइलाई विशेष प्राथमिकतामा राखेर प्रदेशको विकासको खाका कोर्ने बताउनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा वैदेशिक व्यापारका सात महिना : ९ खर्ब ५० अर्ब घाटा फागुन २१ पछि पहिलो पार्टी बन्ने एमालेको दाबी देश लुट्नेहरूलाई भाग्न पर्ने ठाउँमा पुर्‍याउने काम गर्‍यौँ: रवि लामिछाने सेना परिचालन हुँदा पनि शाान्त हुन सकेन रौतहटको गौर यात्रुबाहक बस विद्युतको पोलमा ठोक्किँदा ९ जना घाइते खैरो हेरोइनसहित युवक पक्राउ युवाका लागि स्वदेशमै अवसर सिर्जना गर्न आवश्यक : प्रधानमन्त्री एमालेको झण्डा जलाइएको हो भने दोषीलाई कारवाही हुन्छः निर्वाचन आयोग दुर्गा प्रसाईंलाई अदालतमा उपस्थित गराउन सर्वोच्चको आदेश प्रधानमन्त्री कार्कीद्वारा मुक्तिनाथको दर्शन रास्वपाको भैरहवा र पोखराको चुनावी सभा स्थगित बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एकजना पक्राउ स्रोत नखुलेको नगदसहित एकजना पक्राउ दुई समुदायबिच झडप, अवस्था तनावग्रस्त निर्वाचनकानिम्ति आवश्यक स्रोतसाधनको कमी हुँदैन : अर्थमन्त्री खनाल शुक्रबार सुनको मूल्य स्थिर सिकारुलाई देश जिम्मा दिनुहुँदैन, राज्य सञ्चालन खेल होइन: विश्वप्रकाश शर्मा