२०८२, १० चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

धनुषा - DNS

प्रदेश २ का मुख्यमन्त्री र मन्त्रीलार्ई कार्यक्रममै भ्याइनभ्याइ

२०७४, १४ चैत्र बुधबार ०८:२१

अजयकुमार साह/चैत्र १४, धनुषा | प्रदेश २ का मुख्यमन्त्री र मन्त्रीलार्ई सभा, गोष्ठी र उद्घाटन कार्यक्रमले भ्याइनभ्याइ भएको छ । मुख्यमन्त्री भएको ४३ दिनमा मोहम्मद लालबाबु राउत गद्दीले यस्ता सभा, गोष्ठी र उद्घाटन जस्ता ५० भन्दा बढी कार्यक्रममा सहभागिता जनाइसकेका छन् । 

यसरी हेर्दा मुख्यमन्त्री र मन्त्रीको दैनिक एक समय खाना पनि कार्यक्रममै हुनेगरेको देखिएको छ । केही महिना पहिलेसम्म प्रमुख जिल्ला अधिकारी, स्थानीय विकास अधिकारी, जिल्ला शिक्षा अधिकारी, नगरपालिकाका अधिकृत प्रमुख अतिथि हुने गर्थे भने अहिले सहजै ती कार्यक्रममा मुख्यमन्त्रीका अतिरिक्त मन्त्री देखिन थालिएका छन् । अहिले खासै मन्त्रीले गर्नुपर्ने कार्य नभएको हुँदा दिनभरि कार्यक्रममा गएर समय बिताउने गरेको बताइन्छ । 

प्रदेशको लागि जिम्मेवारी तोकिएका सबै कर्मचारी नआउँदा कर्मचारी अभावमा सरकारले दैनिक प्रशासनिक काम सोचेअनुसार अघि बढाउन नसकेको अधिकारी बताउँछन् । संघीय सरकारले प्रदेश नं २ मा २२४ कर्मचारी खटाएकामा ११७ जना कर्मचारी मात्र हाजिर भएको मुख्यसचिव राजेश्वरमान सिंहले बताउनुभयो । 

प्रदेश नं २ मा फागुन ३ गते सरकार गठन भएको थियो । मुख्यमन्त्रीसहित यहाँको मन्त्रिपरिषद् १० सदस्यीय छ । छ मन्त्री र तीन राज्यमन्त्रीले पदभार सम्हाली सकेका छन् । प्रदेश प्रमुखको कार्यालयमा खटिएका १८ कर्मचारीमध्ये १६ जना हाजिर भएका छन् । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका २१ कर्मचारीमध्ये १२ जना मात्रै आइपुगेका छन् । 

आन्तरिक मामिला तथा कानून मन्त्रालयका २३ मध्ये १२ जना मात्र कर्मचारी हाजिर भएका छन् । भौतिक पूर्वाधार मन्त्रालयमा २० कर्मचारीमध्ये १४, आर्थिक मामिला तथा कानून मन्त्रालयमा १८ मध्ये १० जना र उद्योग, पर्यटन तथा वन मन्त्रालयमा २० मध्ये १४ जना मात्रै हाजिर भएका छन् । केन्द्रले प्रादेशिक सरकारको दैनिक काम अगाडि बढाउन एकैसाथ सातै प्रदेशमा ठूलो संख्यामा कर्मचारी खटाएका थिए । 

कृषि तथा सहकारी मन्त्रालयमा खटाइएका ३३ कर्मचारीमध्ये १८ जना मात्र आइपुगेका छन् । मन्त्रालयअन्तर्गतका पशुपक्षी र सहकारी महाशाखा महानिर्देशकबिहीन छ । बाँकी दुई महाशाखा सामान्य योजना र कृषिमा भने महानिर्देशक आइसकेका छन् । 

प्रादेशिक सरकारको प्रशासनिक भवन जनकपुर चुरोट कारखानाको आवास क्षेत्रमा राखिएको छ । मन्त्रालय र उच्च पदाधिकारीको आवास तथा कर्मचारीको बसोबासका लागि कारखानाको परिसरकै भवन मर्मतसम्भार र रंगरोगन गरिएको छ । 

बाहिर रहेको भौतिक योजना र कृषि मन्त्रालय पनि त्यहीँ सार्ने तयारी भइरहेको छ । मन्त्रालय र प्रशासनिक भवन एकै परिसरमा हुँदा कर्मचारीलाई काम गर्न सहज नै हुने देखिन्छ । 

मुख्यमन्त्री लालबाबु राउतले कर्मचारी नआउँदा प्रशासनिक काम अघि बढाउन समस्या परेको भन्दै प्रधानमन्त्री ओलीलाई पत्र नै लेखेर गुनासो समेत गर्नुभएको थियो । तर त्यसपछि मुख्यमन्त्री पनि आफूलाई सभा, समारोह, गोष्ठी र भोजभतेरमा सीमित गरेको देखिएको छ । 

प्रदेश सरकारले विकास निर्माणको कार्य कहिले थालनी गर्ने हो त्यसको प्रतीक्षा प्रदेशका आम जनता पर्खेर बसेका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्यांकरले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटको आजको सुनुवाइ हेर्दाहेर्दैमा लागू औषधसहित थाई नागरिक विमानस्थलबाट पक्राउ महिला हिंसाविरुद्ध माइतीघरमा प्रदर्शन मलद्वारमा लागु औषध लुकाउने दुई पक्राउ बझाङमा भूकम्पको धक्का कांग्रेसले फेरि बोलायो केन्द्रीय समिति बैठक मोबाइल फोनबाट साढे ५ अर्ब बढी राजस्व संकलन इनिशा विकको न्याय माग्दै माइतीघरमा हस्ताक्षर संकलन न्युयोर्कमा विमान दुर्घटना, उडानहरू प्रभावित रवि लामिछानेको मुद्दा फिर्ताविरुद्ध रिटमा आज फेरि सुनुवाइ चोरीमा संलग्न रहेको अभियोगमा दुईजना पक्राउ आयोगले दिएको प्रतिवेदन सार्वजनिक गर्नु सरकारको दायित्व र जिम्मेवारी दुवै हो: प्रदीप पौडेल सुनचाँदीको मूल्यमा निरन्तर गिरावट कुवेत ट्रान्जिटमा अलपत्र ३३ नेपाली साउदीमार्फत गन्तव्यतिर प्रस्थान सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन