माघ १६, काठमाण्डौ – बुधबार डलरसहित बिभिन्न विदेशी मुद्राको भाउमा उतारचढाब देखिएको छ । डलर, दिनार र दिर्हामको भाउ थोरैले बढ्दा मलेसियन रिंगिटको भाउ भने थोरैले घटेको छ ।

बुधबार नेपाल राष्ट्र बैंकले अमेरिकी डलर १ को खरिददर ११३ रुपैयाँ ४८ पैसा र बिक्रीदर ११४ रुपैयाँ ०८ पैसा छ । मंगलबार डलरको खरिददर ११३ रुपैयाँ ४७ पैसा र बिक्रीदर ११४ रुपैयाँ ०७ पैसा थियो ।

साउदी रियाल १ को खरिददर ३० रुपैयाँ २६ पैसा र बिक्रीदर ३० रुपैयाँ ४२ पैसा तोकिएको छ । मंगलबार साउदी रियाल १ को खरिददर ३० रुपैयाँ २५ पैसा र बिक्रीदर ३० रुपैयाँ ४१ पैसा थियो ।

कतारी रियालको भने भाउ घटबढ भएको छैन । मंगलबारजस्तै कतारी रियाल १ को खरिददर ३१ रुपैयाँ १६ पैसा र बिक्रीदर ३१ रुपैयाँ ३३ पैसा तोकिएको छ ।

यूएई दिर्हामको भने भाउ थोरैले बढेको छ । बुधबार यूएई दिर्हाम १ को खरिददर ३० रुपैयाँ ९० पैसा र बिक्रीदर ३१ रुपैयाँ ०६ पैसा तोकिएको छ । मंगलबार यूएई दिर्हामको भाउ एकको खरिददर ३० रुपैयाँ ८९ पैसा र बिक्रीदर ३१ रुपैयाँ ०५ पैसा थियो ।

मलेसियन रिंगिटको भाउ भने थोरैले घटेको छ । बुधबार मलेसियन रिंगिट १ को खरिददर २७ रुपैयाँ ६० पैसा र बिक्रीदर २७ रुपैयाँ ७४ पैसा तोकिएको छ । मंगलबार खरिददर २७ रुपैयाँ ६१ पैसा र बिक्रीदर २७ रुपैयाँ ७५ पैसा थियो ।

आज बुधबार कुवेती दिनार १ को खरिददर ३७४ रुपैयाँ २३ पैसा र बिक्रीदर ३७६ रुपैयाँ २० पैसा तोकिएको छ । मंगलबार खरिददर ३७४ रुपैयाँ ३० पैसा र बिक्रीदर ३७६ रुपैयाँ २८ पैसा थियो ।

बहराइन दिनारको एकको खरिददर ३०१ रुपैयाँ ०२ पैसा र बिक्रीदर ३०२ रुपैयाँ ६१ पैसा तोकिएको छ । मंगलबार खरिददर ३ सय ९८ पैसा तथा बिक्रीदर ३०२ रुपैयाँ ५७ पैसा थियो ।

बुधबार कोरियन वन एकसयको खरिददर १० रुपैयाँ १५ पैसा र बिक्रीदर १० रुपैयाँ २० पैसा तोकिएको छ । मंगलबार खरिददर १० रुपैयाँ १४ पैसा र बिक्रीदर १० रुपैयाँ २० पैसा थियो ।

आज डलरसहित अन्य देशहरुको विनिमयदर यस्तो छ (हेर्नुहोस् सुचिसहित)
Kantipur Infotech is not just a service provider; we are your growth partners. We are dedicated to empowering your business, fostering innovation, and contributing to your success story.
Leave a Comment
Leave a Comment