आजको राशिफल, मीनलाई व्यापार उत्तम, सिंहकाे मनमा प्रशन्‍नता

साझासवाल
6 Min Read

वैशाख १४, काठमाडौँ | १४ वैशाख २०७८ बुधबार । तद्नुसार अप्रिल महिनाको २७ तारिक २०२२ । वैशाखकृष्णपक्ष एकादशी(आज द्वादशी तिथि) पनि परेको छ ।

कौलव करण, पूर्वभाद्रपदा नक्षत्र, इन्द्र योग, चन्द्रमा कुम्भ राशीमा छ । आज बिहान सूर्योदय ५ः२९ मा भएकाे छ भने सूर्यास्त ०६ः२६ मा हुनेछ । आजका देवता पित्री र ग्रहदेव राहु हुन् ।

बुधबार घर गृहस्थसम्बन्धी काम गर्दा राम्रो हुन्छ । सोम खेती बुध घर भन्ने त नेपाली कथन नै छ । आज १२ः०२ देखि १ः४० सम्म राहुकाल छ । यो समयमा कुनै पनि शुभकार्य नगर्नु होला । बुधबार आर्थिक कारोबार गर्न सकिन्छ ।

मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ) : आजको दिन तपाईंले गर्नुभएको कामको सम्मान हुनेछ । सामाजिक सेवाबाट मानसम्मान मिल्नेछ । मेष राशिका जातकले आजको दिन गरेको काममा सफलता प्राप्त हुनेछ । आज देवालयमा पुगेर गरिब र भोका व्यक्तिलाई केही खानेकुरा दिनुभयो भने मनमा प्रसन्नता छाउने छ । तपाईंको मन प्रबल हुनेछ ।

वृष  (इ.उ.ए.ओ.वा.वि.वु.वे.वो) : आजको दिन त्यति अनुकुल छैन । मनमा चिन्ता, असन्तुष्टि रहन सक्छ । लामो यात्राको लागि अवसर आउनसक्छ । धार्मिक क्षेत्रको यात्रा गर्ने अवसर छ भने अघि बढ्नु बेस हुनेछ । यात्रामा निस्कनुभन्दा पहिले नजिकै हरेको कुनै पनि देवीदेवताको दर्शन  गरेर मात्र यात्राको सुरुवात गर्नुभयो भने यात्रा फाइदाजनक हुनेछ ।

मिथुन (क.कि.कु.घ.ङ.छ.के.को.ह) : मिथुन राशिका जातकाका लागि आजको दिन आफन्तजनबाट सहयोग मिल्नेछ । मनमा चिन्ता र भय छ भने पनि हट्दै जानेछ । मित्र र आफन्तलाई दिनुभएको सहयोग राशि फिर्ता हुनसक्छ । परिवारका सदस्यबाट कामको प्रशंसा हुनेछ । यात्राको अवसर आएका आजको दिन बिहान सूर्योदयको दर्शनपछि यात्रा गर्नुभयो भने फलदायी हुनेछ ।

कर्कट (हि.हू.हे.हो.डा.डि.डु.डे.डो) :  धन लाभको योग बनेको छ । नयाँ बस्त्र खरिद गरेर परिवारका सदस्यलाई दिनुभएमा खुसी छाउने छ । नयाँ कार्ययोजना बनाउनुहोस सफलता मिल्नेछ । दाम्पत्य जीवनमा सुख र सहयोग प्राप्त हुनेछ । स्त्रीबाट प्राप्त हुने सहयोगले काममा सफलता मिल्नेछ । सामाजिक मानसम्मानसमेत मिल्नेछ ।

सिंह (मा.मि.मु.मे.मो.टा.टि.टु.टे) : आजको दिन मनमा प्रसन्नता छाउने छ । धनलाभ र स्वास्थ्यले पनि साथ दिने भएकाले नयाँ कामको अवसर आउने छ । आजको दिन मौन रहनु नै बेस हुनेछ । एकाग्रताको आवश्यकता भएको हुनाले आफूले गरेको काममा दत्तचित्त भएर लाग्नु नै बेस हुनेछ । आजको दिन परिवारका सदस्यसँग वादविवाद नगर्नु राम्राे हुनेछ ।

कन्या (टो.प.पी.पू.ष.ण.ठ पे.पो) :  व्यापारव्यवसायबाट लाभ हुनसक्छ । अध्ययनअध्यापनमा सफलता प्राप्त हुनेछ भने रचनात्मक र कलाकारितामा मन जानेछ । सन्तानबाट प्राप्त हुने सुखले मनमा खुसियाली छाउने छ । अध्ययनअध्यापनको क्षेत्रका कार्य गरिहनु भएको सफलता मिल्नेछ । दाम्पत्य जीवनमा सुख र समृद्धि हुनेछ ।

तुला( रा.री.रु.रे.रो.ता.ती.तु.ते) : तुला राशिका जातका लागि आजको दिन सोच अनुसार काम नहुँदा मनमा चिन्ता हुनसक्छ । सकेसम्म आजको दिन विवाद हुने काम नगर्नुहोला । विवाद गर्दा तपाईंमाथि अनेक आरोप आउँछन् भने तपाईंलाई हानी हुनसक्ने सम्भावना पनि रहन्छ । व्यापारबाट केही फाइदा हुने काम हुनेछ ।

वृश्चिक (तो.ना.नि.नु.ने.नो.या.यि.यु) : व्यापारबाट फाइदा हुनेछ ।  छोटो यात्राले मनमा खुसी छाउने छ । शत्रुले समेत तपाईंको कार्यप्रशसा गर्ने छन् । समयले साथ दिएको छ, आजको दिन घर र व्यापारको नयाँ काम गर्दा पनि उत्तम हुनेछ । आजको कुनै शिवालय र देवालयको दर्शन गरेर मात्र काम शुरुवात गर्दा सोचअनुसार काम हुनेछ ।

धनु (ये.यो.भा.भी.भु.ध.फा.ढ.भे)  : तपाईंलाई साथ सहयोग दिने कुनै  मित्र र आफन्तलाई आजको दिन भेट गर्दा सकारात्मक उर्जा भरिने छ । मन्दिर वा घरका जेष्ठ सदस्यलाई केही उपहार दिनुभयो भने प्राप्त हुने आशीर्वादले उर्जा थपिने छ । परिवारजनबाट प्राप्त हुने सहयोगले नयाँ कामको थालनी गर्नका लागि उत्साह थपिने छ । आजको नयाँ वस्त्र खरिद गरेर परिवारका सदस्यलाई उपहार खरिद गर्दा खुसियाली छाउने छ ।

मकर (भो.जा.जी.जू.जे.जो.ख.खि.खु.खे.खो.गा.गी) : आजको दिन आफ्नो गच्छेअनुसार भोका, गरिबलाई केही खानेकुरा दान गर्नु उत्तम मानिछ । कन्यालाई केही नयाँ उपहार दिनुभयो भने मनमा प्रसन्नता छाउने छ । देवालय र शिवालयमा पुगेर दर्शन मात्र गर्नाले मनमा हर्ष छाउने छ । जनावरलाई केही खाना दिनु भयो भने तपाईलाई फाइदा पुग्नेछ ।

कुम्भ (गु.गे.गो.सा.सी.सु.से.सो.द) :  स्वास्थ्यमा ध्यान दिनुपर्ने र यात्रा गर्नुभन्दा पहिले पूर्वतयारी गरेर मात्र यात्रा गरे बेस हुनेछ । आजको दिन  अनावश्यक खर्च, समयको दुरुपयोग हुँदा मनमा आफूले गरेको गल्तीको महसुस हुनसक्छ । कुम्भ राशिका जातको लागि आजको दिन अनुकुल देखिदैन । नियमित कामबाहेक अन्य काममा सोच विचार गरेर अघि बढ्नु होला । आर्थिक हानी हुनसक्नेछ । आजको दिन चन्द्रमाको साथ रहेका छ । बिहान सूर्योदयको दर्शन गर्नुहोला ।

मीन(दी.दु.थ.झ.ञ.दे.दो.च.ची) : व्यापारमा लागेका मीन राशिका जातकका लागि आजको दिन उत्तम छ । सन्तान र परिवारबाट सुख प्राप्त हुनेछ । आफन्त र मित्रमण्डलीको साथ सहयोग प्राप्त हुने भएकाले तपाईंको मनमा उत्साह थपिने छ । अध्ययन अध्यापनको क्षेत्रमा पनि आजको दिन सफलता मिल्नेछ । परिवारका जेष्ठ सदस्यलाई केही उपहार दिनु भयो भने आशीर्वाद प्राप्त हुनेछ । आज घर परिवारको काममा ध्यान दिनु होला ।

Share This Article
Leave a Comment

Leave a Reply