होली खेलेर नुहाउने क्रममा डुबेर १४ वर्षीय बालकको मृत्यु

Posted on: 25 Mar, 2024

चैत १२, झापा । नहरमा डुबेर झापामा एक बालकको मृत्यु भएको छ। झापाको शिवसताक्षीस्थित कनकाई सिँचाइ आयोजनाको नहरमा नुहाउने क्रममा शिवसताक्षी–११ का १४ वर्षीय रविन प्रधानको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। 

प्रहरीका अनुसार सोमबार रविन होली खेलेर नुहाउनका लागि नहरमा पसेका थिए। रविनको शव नहरको फलाममा अड्किएको अवस्थामा स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए।

यस बिषयमा तपाइको प्रतिक्रिया...!