२० असारसम्म बीमाको रकम नपाए उपचार सेवा बन्द गर्ने दुर्गा प्रसाईंको चेतावनी

Posted on: 22 Jun, 2022

असार ८, काठमाडौँ | मेडिकल व्यवसायी दुर्गा प्रसाईंले स्वास्थ्य बीमा गरेका नागरिकको उपचार रकम सरकारले असार २० गतेसम्म भुक्तानी नगरे उपचार सेवा बन्द गर्ने चेतावनी दिएका छन् । बुधवार आयोजित पत्रकार सम्मेलनमा बीएण्ड सी मेडिकल कलेजका सञ्चालक दुर्गा प्रसाईंले सरकारले असार २० गतेसम्म रकम भुक्तानी नगरे स्वास्थ्य सेवा बन्द गर्ने बताए ।


उनले सरकारी अस्पतालमा ८ करोड पुग्दा सेवा बन्द गर्ने निर्णय गरिसकेकाले आफूहरुले पनि बन्द गर्न सरकारले बाध्य बनाएको आरोप लगाए ।  सञ्चालक प्रसाईंले सरकारले ल्याएको बीमा नीतिमा जनतालाई सबै कुरा निःशुल्क भनेर भ्रम छरिएको बताए । उनले सरकारले अहिले स्वास्थ्य बीमामा छुट्याएको रकममध्ये ३ अर्ब बीएण्ड सीलाई दिए पूर्वका ३२ लाख जनतालाई घरसम्म नै एम्बुलेन्स सेवा पु¥याउने गरी उपचार दिने दिए । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!