पाँचौँपटक मन्त्री बन्दै दीपक मनाङे

Posted on: 07 Apr, 2024

चैत २५, पोखरा । गण्डकी प्रदेशको मुख्यमन्त्री नियुक्त भएसँग एमाले संसदीय दलका नेता खगराज अधिकारीले सानो मन्त्रिपरिषद् गठन गर्ने भएका छन् ।

दिउँसो साढे ३ बजे शपथको तयारी गरेका मुख्यमन्त्री अधिकारीले आफूसँगै दुई मन्त्रीलाई शपथ गराउने तयारी गरेका छन् । उनले नेकपा माओवादी केन्द्र र राजीव गुरुङ (दीपक मनाङे) लाई मन्त्री नियुक्त गर्न लागेका हुन् ।


चैत ५ सुरेन्द्रराज पाण्डे नेतृत्वको सरकारमा भौतिक पूर्वाधार विकास तथा यातायात मन्त्री बनेका मनाङे सरकार परिवर्तनसँगै पुनः मन्त्री बन्न लागेका हुन् ।

माओवादीबाट भने हालसम्म टुंगो नलागेको माओवादी संसदीय दलका नेता हरिबहादुर चुमानले जानकारी दिए । दीपक मनाङे पाँचौँ पटक मन्त्री बन्न लागेका हुन्

यस बिषयमा तपाइको प्रतिक्रिया...!