लुडो खेलिरहेका पाँचजना पक्राउ

Posted on: 04 Feb, 2024

माघ २१, काठमाडौँ | कास्कीमा लुडो खेलिरहेका पाँचजना पक्राउ परेका छन् । शनिबार साँझ प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको हो ।

पक्राउ पर्नेमा पोखरा महानगरपालिका–११, धरहरामार्गका ४८ वर्षीय किसान पुनसहित पाँचजना छन् । पोखरा–११ स्थित पुनको खाजाघरमा जुवा (लुडो) खेलिरहेको अवस्थामा उनीहरूलाई पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जानकारी गराएको छ ।

नगद ७२ हजार २२५ रुपैयाँ, खेलमा प्रयोग गरिने गोटी १६ र डाइस एउटासहित उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!