'युएसएआईडी'द्वारा बागमती प्रदेशका सात स्थानमा २३ (इभि) चार्जिङ स्टेशनहरू सञ्चालनमा

Posted on: 24 Apr, 2024

वैशाख १२, काठमाडौँ । 'युएसएआईडी'ले बागमती प्रदेशका बिभिन्न सात स्थानमा २३ (इभि) चार्जिङ स्टेशनहरू सञ्चालनमा ल्याएको छ । USAID को ऊर्जा नेपाल कार्यक्रमले यसै महिना बिभिन्न स्थानमा चार्जिङ स्टेशनहरू औपचारिक रूपमा सञ्चालनमा ल्याएको हो । 


अमेरिकी सरकारले USAID Nepal मार्फत नेपाल सरकारलाई सन् २०४५ सम्ममा नेट-जिरो (net zero) सम्बन्धी जलवायु लक्ष्य हासिल गर्न र जीवाश्म इन्धनमाथि नेपालको निर्भरता घटाउन सहयोग गर्ने USAID ले जनाएको छ ।

'युएसएआईडी'ले नेपाललाई आफ्ना जलवायु लक्ष्य र आर्थिक विकासका लक्ष्यहरू पूरा गर्न मद्दत गर्नको लागि नेपालमा EV लाई द्रुत रूपमा अपनाउनु महत्त्वपूर्ण रहेको जनाएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!